Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० मङि्सर २० गते बुधबार

क्रान्तिकारी कम्युनिष्ट पार्टिले ६ बुदे माग सहित शुक्लाफाँटा नगरलाई बुझायाे ज्ञापन पत्र ।

क्रान्तिकारी कम्युनिष्ट पार्टि
शुक्लाफाँटा नगरकमिटिले नगरपालिका लाई  नगर क्षेत्रभित्र जनताहरुसंग प्रत्यक्ष सरोकार राख्ने मागहरु सहित ज्ञापनपत्र बुझाएकाे छ ।

पार्टिका नगर ईन्चार्ज तथा वडा ८ का अध्यक्ष बहादुर सिह महराले  बुधबार नगरका मेयर रणबहादुर महरा लाई विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएकाे हाे ।
उल्लेखित ज्ञापन पत्रको वेवास्ता गरी तपशिलमा उल्लेखित जनतासंग प्रत्यक्ष सरोकार राख्ने समस्याहरू समाधान नगरिएको खण्डमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल शुक्लाफाँटा नगर संगठन समिति कञ्चनपुर कडा संघर्षमा उत्रन बाध्य हुने र सोबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् शुक्लाफाँटा नगरपालिका नगरकार्यपालिकाको कार्यालय, झलारी हुने गम्भिर चेतावनी समेत यसै ज्ञापन पत्र मार्फत दिन चाहन्छौं उल्लेख गरिएकाे छ ।

यस्ता छन मागहरु:

१. शुक्लाफाँटा नगरपालिकामा लामो समयदेखि ठेक्का सम्झौता, उपभोक्ता समिति र अन्य माध्यमबाट संचालन गर्ने गरि निर्माण सम्झौता

गरिएका र हाल अलपत्र अवस्थामा रहेका (क) राष्ट्रिय गौरवका आयोजनाहरू।

ख) संघिय सरकारबाट संचालन हुने आयोजना/योजनाहरू
ग) सु.प. प्रदेश सरकारबाट संचालन गरिने आयोजना/योजनाहरु
घ) शुक्लाफाँटा नगरपालिकाबाट संचालन हुने आयोजना / योजनाहरू

(ङ) अन्य दातृनिकाय, सरकारी/गैरसरकारी संघ संस्थाबाट संचालन हुने आयोजना/योजनाहरू

(च) केहि उदाहरणहरु :- बेलौरी-कलुवापुर-बेल्डाँडी-दोमिल्ला सडक, खानेपानी आयोजनाहरू, महाकाली सिचाइ आयोजना तेस्रो चरण, मुल नहर र शाखा नहरहरू, क्षेत्रिय शहरी विकास आयोजना (RUDP) आदि।

तत्काल निर्माण कार्य अगाडी बढाउने व्यवस्था मिलाउन तोकिएको समय अवधि, तोकिएको परिमाण र गुणस्तरमा सम्पन्न गर्न गराउन जोडदार माग गर्दछौं।

२. शुक्लाफाँटा नगरपालिकाभित्रका विभिन्न सार्वजनिक स्थानहरुमा रहेका जुनसुकै बेला मानविय क्षति र अन्य भौतिक संरचना क्षति गर्नसक्ने

सुकेका र सडेका रुखहरु तत्काल नियमानुसार हटाउने व्यवस्था गर्न/गराउन पहल गर्ने हुन।
३. शुक्लाफाँटा नगरपालिकाभित्र विभिन्न स्थानहरुमा रहेको अतिक्रमणमा परेको र सम्भावित अतिक्रमणको जोखिममा रहेका सार्वजनिक

जमिनको तत्काल प्राविधिक टिम परिचालन गरि नगरपालिका मातहत राख्ने व्यवस्था गर्न/गराउन हुन।

४. नगरपालिका क्षेत्रभित्र मानव स्वास्थ्यमा प्रत्यक्ष प्रतिकुल असरगर्ने लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि सम्बन्धित निकायसंग समन्वय मरि परिणाम देखिनेगरि ठोस कदम चाल्न हुन।

५. शुक्लाफाँटा नगर क्षेत्रभित्रका बजारहरुको नियमित अनुगमनगरि बजार व्यवस्थापन गर्न/गराउन हुन । ६. नगरपालिका क्षेत्रभित्र भइरहेका अपराधिक घटनाहरू, चोरी, डकैति, तस्करी नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम गर्न सुरक्षाको दृष्टिकोणले अति संवेदनशिल मानिएका स्थानहरूमा सुरक्षा पोष्ट स्थापनाको पहल गर्न/गराउन, सि.सि. टि.भि. क्यामेरा जडानको तत्काल व्यवस्था मिलाउन हुन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>