Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० मङि्सर २१ गते बिहिबार

दोधारा चाँदनीमा सामुदायिक बिद्यालयका शिक्षकहरुको टि– १० क्रिकेट प्रतियोगिता सुरु

सामुदायिक बिद्यालयका शिक्षकहरुको क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता संचालन भएको छ् । दोधारा चाँदनी नगरपालिका– १० ओंमकार बिद्यालयको आयोजना र दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका सामुदायिक बिद्यालयहरुको सहयोगमा बुधवार देखि शिक्षकहरुको टि– १० क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता संचालन भएको अम्बिका माध्यमिक बिद्यालयका शिक्षक चन्द्रप्रकाश बिष्ट (मिन्टी) ले जानकारी दिएका छन् । शिक्षकहरुको टि– १० क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगितामा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनार, वडा नं. २ का वडा सदस्य मनकला खनाल पुजारा, बिद्यालयका प्रअ तथा शिक्षकहरुको उपस्थिती रहेको थिए । सामुदायिक बिद्यालयका आधारभुत तहका बिद्यालयका शिक्षकहरुले २ वटा बिद्यालयलाई जोडेर एक क्रिकेट टिम बनाउन सकिने छ भने, माध्यमिक तहका शिक्षकहरुले आफ्नै बिद्यालयका एक क्रिकेट टिम बनाउन सकिने बताईएको छ् । साबिकको चाँदनी गाबिस कार्यालयमा रहेको प्रांगणमा संचालन भएको शिक्षक क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगितामा बिजयता टिमलाई नगद धनरासी तथा ट्रफी प्रदान गरिने ओंमकार आधारभुत बिद्यालयका प्रधानध्यापकहरुले जानकारी दिएका छन् । उद्धघाटन खेल शंकर पार्वती र अम्बिका माध्यमिक बिद्यालय बिच भएको थियो । प्रतियोगिता आगामी २५ गने सम्पन्न हुने आयोजक संस्था ओंमकार आधारभुत बिद्यालयले जनाएको छ् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>