नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान र व्यवस्थाको विरुद्धमा आवाज उठ्नु दुर्भाग्य भएको बताएका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित रिता शाहीद्वारा लिखित गजल सङ्ग्रह चिनारीको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले असन्तुष्टिहरू संविधान र अहिलेको व्यवस्थाकाबिरुद्ध मुखरित हुन नदिन संविधान तथा व्यवस्थाको पूर्ण सुरक्षाका लागि काँग्रेस सचेत रहेको बताए । उनले विद्यमान असन्तुष्टिलाई सम्बोधन गर्न काँग्रेस अघि बढ्नुपर्ने बताए । उनले गठबन्धनको संस्कृतिमा जानुको विकल्प नभएको पनि बताए ।
उनले भने, ‘हाम्रो शासकीय व्यवस्था नै कस्तो छ, संविधान नै कस्तो छ भने कुनै पार्टीको स्पष्ट बहुमत आउँदैन, गठबन्धनको संस्कृतिमा जानुको विकल्प छैन । हामी त्यसमै गइरहेका छौँ । कमी कमजोरीहरू छन् । केही असन्तुष्टि छ, सरकारले हामीले पार्टीहरूले राम्रोसँग काम गर्न सकेनन् की भन्ने चिन्ता र चासो छ । नेपाली काँग्रेस यो विषयमा गम्भीर हुन जरुरी छ । किनभने जुन चिन्ता, चासो र असन्तुष्टि छ, बहुदलीय व्यवस्थाका भित्रै एकदल र अर्का दलकाबीचमा सन्तुष्टि, असन्तुष्टिको अभिव्यक्ति हुनु, सरकार परिवर्तन हुनु, अर्को सरकार बन्नु यी लोकतन्त्रका सकारात्मक कुरा हुन् । तर असन्तुष्टि संविधानकै विरुद्धमा, यो व्यवस्थाकै विरुद्धमा अभिव्यक्त गर्ने जुन प्रयत्न भइरहेको छ, त्यस्तो भयो भने फेरि अर्को दुर्भाग्य हुन्छ । असन्तुष्टि संविधान र अहिलेको व्यवस्थाकाबिरुद्ध मुखरित हुन नसकुन् भन्नका खातिर पनि संविधान र व्यवस्थाको पूर्ण सुरक्षाका खातिर पनि नेपाली काँग्रेस सबैभन्दा ज्यादा सचेत हुनुपर्छ । विद्यमान असन्तुष्टिलाई सम्बोधन गर्न अघि बढ्न र सरकारले काम गर्न नसकेकाे प्रति नागरिककाे चासाे चिन्ता छ यस्का लागि काग्रेसले हुनुपर्ने जरुरी छ ।’
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया