Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० मङि्सर २३ गते शनिबार

कास्की प्रहरीले ठगी अभियोगमा वडा सदस्य सहित ४ जनालाई पक्राउ गरेको छ ।

फोटोग्राफी व्यवसाय सञ्चालन विषयमा ठगी गरेको भनी १५ जनाको जाहेरी आधारमा प्रहरीले पोखरा ६ का वडा सदस्य दीपेन्द्र पहारीसहित ४ जनालाई पक्राउ गरेको हो । यस्तै, पक्राउ पर्ने अन्यमा लेकसाइडकै ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार एवं अप्पे भनिने अभिषेक बराल हुन् ।

उनीहरुलाई जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्टन) सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया जारी रहेको कास्की प्रहरीले जनायो ।

प्रतिव्यक्ति साढे १३ उठाएर आफ्नो नाममा फोटोग्राफी व्यवसाय दर्ता नगरी ठगी गरेको भन्ने पीडितको जाहेरी आधारमा पक्राउ गरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले बताए ।

दीपेन्द्र पहारी गत वर्षको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट जनप्रतिनिधि निर्वाचित भएका हुन् भने विकास गठबन्धनको साझा उम्मेदवार थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>