Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० मङि्सर २६ गते मङ्गलबार

भीमदत्तकाे अनुमति बिना भीमदत्तमा महेन्द्रकाे शालीक राख्न राप्रपा पुर्ण तयारिमा

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरमा आयोजना हुने आमसभाको तयारीमा राप्रपा कञ्चनपुरले तीव्रता दिएको छ। मंसिर २८ गते बिहीवार महेन्द्रनगरको स्मारक चोकमा राप्रपाले आमसभाको आयोजना गर्दैछ।

आमसभाको प्रचारप्रसारसँगै राप्रपाले स्मारक चोकमा तत्कालीन राजा महेन्द्रको सालिक पनि अनावरण गर्ने तयारी गरेको छ। राप्रपा कञ्चनपुरले केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका शीर्ष नेतालाई महेन्द्रनगरमा उतारेर महेन्द्रको सालिक अनावरण गर्ने तयारी  गरेको छ। आमसभाको तयारी अन्तिम चरणमा पुगेको राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्दले बताँए।

‘आमसभाको तयारी अन्तिम चरणमा पुगेको छ। वक्ताहरुको टुंगो लागिसकेको छ,’ उनले भने्, ‘पार्टी संगठन तयारीमा सक्रिय छ।’ उनका अनुसार स्मारक चोकमा महेन्द्रको सालिक अनावरण गर्ने कार्यक्रम पनि रहेको छ। आमसभालाई राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

गणतन्त्रका लागि लडेका ८ दलले  संविधान चाेक नामांमरण भएकाे ठाउमा राजाकाे  शालिक राख्नु संबिधान बिपरित हुने भन्दै बिज्ञप्ति निकालेका थिए ।
क्षेत्रधिकार रहेकाे भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले आज समाचार तयार पार्दा सम्म नगर कार्यपालीकाले कुनैपनि  शालिक वा अरु केही राख्ने बिषय निर्णय नगरेकाे बताएका छन ।

यस्तै नेकपा (माओवादी केन्द्रका ) कंचनपुर जिल्ला संयाेजक खेम पाण्डेयले संविधान चाेकमा गणतान्त्रिक स्तम्भ राख्ने तत्कालीन सर्वदलिय निर्णय भएकाे बताउदै कुनैपनि दलले सार्वजनिक ठाँउमा कसैकाे शालिक स्थापना गर्न नपाउने, अहिले एक दलले राख्छ भाेली अर्काे पर्सि तेस्राे दलले राख्ने भन्छ याे सम्भव कुरा हाेईन कुनै दलले आफ्नाे कसैकाे शालीक राख्नेभए निजि जग्गा प्रयाेग गर्नसक्ने बताएका छन ।

यस्तै लाेकतान्त्रीक समाजवादी पार्टिका केन्द्रीय सदस्य अम्बादत्त तिवारिले दलहरुले आफ्नाे भुमिका निर्वाह गर्दै   बिज्ञप्ति समेत निकालेकाे अवस्था छ । बाकि काम प्रशासनकाे रहेकाे बताएउदै भीमदत्त नगरपालीकाे क्षेत्रधिकार  भित्र पर्ने ठाउँमा कुनै दलले कसरी मनलाग्दी रुपमा शालीक राख्न सक्छ भनेर पश्न गरे ।

  

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>