Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० मङि्सर २६ गते मङ्गलबार

भिमदत्तलाई बिगतकाे निर्णय कार्यान्यन गर्न पाँच विद्यार्थि संगठनकाे अनुराेध, शालीक राख्ने राप्रपा तयारि

कञ्चनपुरका पाँच विद्यार्थी संगठनले संविधान चोकमा महेन्द्र राजाको सालिक स्थापना गर्ने कार्य संविधान र वर्तमान व्यवस्था बिरुद्धको काम भएको ठहर गरेका छन ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, र नेकपा विप्लव निकट विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै २८ मंसिरमा राप्रपा कञ्चनपुरले आयोजना गर्ने भनिएको संविधान चोकमा महेन्द्रको सालिक स्थापना कार्य संविधानको बर्खिलाप र व्यवस्था बिरुद्धमा रहेको हुँदा घोर निन्दा प्रकट गर्दै त्यस्ता क्रियाकलाप रोक्नका लागि स्थानीय सरकार र प्रशासनको ध्यानाकर्षण गरेका छन ।

नेपाली जनताको लामो संघर्ष र बलिदान पश्चात प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनामा आन्दोलनरत सबै दलको सर्वदलित सर्वपक्षिय बैठकबाट भीमदत्त नगरपालिका ४ स्थित रहेको स्मारकलाई संविधान चोक नामाकरण गरी उक्त स्मारकमाथि गणतान्त्रिक स्तम्भ निर्माण गर्ने निर्णय अनुरुप नेपालको संविधान ०७२अनुसार सो कार्यक्षेत्राधिकार स्थानीय सरकारको रहेकाले विगतमा भएका निर्णय कार्यान्वयनका लागि भीमदत्त नगरपालिकासंग अनुरोध गरिएको छ ।

संविधान एव व्यवस्था बिरुद्धमा नकारात्मक क्रियाकलापका साथै अराजकशैली अपनाई आम जनसमुदायलाई दिग्भ्रमित नहुन समेत आब्हान गरिएको छ ।

८ मंसिरमा राप्रपाले आयोजना गरेको शक्ति प्रर्दशनका क्रमममा भीम बाटिका भित्र रहेको महान सहिद भीमदत्त पन्तको सालिक तोडफोडको समेत विद्यार्थी संगठनले भत्र्सना जाहेर गरेका छन ।

नेवि संघ जिल्ला अध्यक्ष रमेश चटौत, अनेरास्ववियू संयोजक अमर धामी, अखिल क्रान्तिकारी जिल्ला संयोजक भुवन सिह विष्ट, समाजवादी निकट अनेरास्ववियूका संयोजक प्रज्वल कुँवर, विप्लव क्रान्तिकारीका अनिल सीद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा संविधानको मर्म भावना माथि दुष्प्रयास गर्ने सबैखाले बिखण्डकारी तत्वहरुप्रति सजक हुँदै न्यायमुलक समाज निर्माणका लागि सबै पक्षरत एक ठाँउमा आउनु आजको आश्वयकता रहेको आब्हान गरिएको छ । गत बुधबार संविधान चोकको स्मारकमा भीमदत्त नगरपालिकाले नेपालको राष्ट्रिय झण्डा समेत राखेको छ ।

कञ्चनपुरका विद्यार्थी संगठनले केही कथित राजावादीहरुले मुकुमा बिखण्डनकारी गतिबिधी गर्न खोजेको भन्दै त्यसलाई रोक्नुपर्नेमा जोडदिएका छन ।

विद्यार्थी संगठनले सामन्ती एकतन्त्रिय राजतन्त्र चिहानमा पुगेपछि केही त्यसका अवशेषहरुले पुन प्रतिगमन तर्फ मुलुक लैजान खोजेको भन्दै त्यस बिरुद्धमा जस्तोसुकै आन्दोलनको चेतावनी दिएका छन ।

यस अघि आठ राजनीतिक दलले समेत सालिक राख्ने कार्यको भत्र्सना जाहेर गरेको थियो । राप्रपाले भन्दै आएको राजा सबैका साझा अहिले पुर्ण विवादिद बन्दै गएकोछ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>