Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० मङि्सर २९ गते शुक्रबार

शुक्लाफाँटामा आजदेखि प्रदेशस्तरीय फुटकन्ट्याक्ट कराँते च्याम्पियनशिप हुँदै

प्रथम प्रदेशस्तरीय शुक्लाफाँटा बुँदोकैदो फुटकन्ट्याक्ट कराँते च्याम्पियनशिप आज शुक्रबारदेखि सुरु हुँदैछ ।

शुक्लाफाँटा बुँदोकैदो शाखाको आयोजनामा हुने प्रतियोगितामा महिला र पुरुषतर्फ गरी ११ विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको पुरुषतर्फ २५, ३०, ३५, ४०, ४५, ५० र खुला गरी ७ विधामा प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ ४०, ४५, ५० र खुला गरी ४ विधामा प्रतिस्पर्धा हुनेछ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साह कभर्ड हलमा हुने प्रतियोगिता २ दिनसम्म सञ्चालन हुने प्रतियोगिता संयोजक तथा मुख्य प्रशिक्षक लक्ष्मण बोहराले जानकारी दिए ।

प्रतियोगितामा महिला र पुरुष गरी सुदूरपश्चिमका ९ जिल्लाका करीब ३०० जना खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले बताएको छ । प्रतियोगिताको प्रत्येक तौल समूहका विजेताले ५ हजार, उपविजेताले ३ हजार, तृतीयले २ हजार र चौथो खेलाडीले १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

‘प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ । प्रतियोगितामा करीब १५ लाख रुपैयाँ खर्च हुने अनुमान छ । प्रतियोगितामा स्थानीय तहले सहयोग गरेका छन्,’ उनले भने ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>