Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
मसुरिया
२०८० मङि्सर ३० गते शनिबार

गौरीगंगा नगरपालिकामा स्थानिय तह TVET समन्व्य समिती गठन सम्बन्धी अभिमुखिकरण सम्पन्न

कैलालीको गौरिगङा नगरपालीकामा स्थानीय तह प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम समन्वय समिति (Local level TVET Coordination Committee) गठन सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सुदुरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय धनगढी कैलाली अन्तर्गत कार्यान्वयनमा रहेको राष्ट्रिय व्यावसायीक योग्यता प्रणाली अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त प्रणाली कार्यान्वयनका लागि स्विट्जरल्याण्ड सरकारको आर्थिक तथा स्विसकन्ट्याक को प्राविधिक सहयोग रहेको छ । नगरप्रमुख देविदत्त कडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सरकार सामाजिक विकास मन्त्रालय नेपाल व्यावसायीक योग्यता प्रणाली परियोजनाका प्राविधिक अधिकृत टंक प्रसाद उपाध्यायले प्रशिक्षण गर्नु भएको थियो ।
यस्तै सोही अवसरमा स्थानीय तह प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम समन्वय समिति समेत गठन गरिएको छ । उक्त समितीमा नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत संयोजक रहने गरि ५ जनाको समिति गठन गरिएको छ । समितिको सदस्य सचिवमा शिक्षा शाखा प्रमुख, सदस्यहरूमा रोजगार संयोजक र दुई जना एक महिला सहित स्थानीय तहले छनौट गरेका स्थानिय रोजगारदाता सस्थाबाट रहने गरी गठन गरिएको छ ।
समितिले स्थानिय तहमा राष्ट्रिय व्यावसायीक योग्यता प्रणालिको कार्यान्वयन, सो सम्बन्धी  वार्षिक कार्यक्रम तथा बजेट प्रस्ताव गर्ने र स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन गर्ने, वार्षिक प्रगति प्रतिवेदन तयार गरी सम्बन्धी निकाय समक्ष पेस गर्ने, स्थानीय तहमा राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको कार्यान्वयन गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने बताइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै  नगरप्रमुख देविदत्त कडेलले सो कार्यक्रम अहिलेको माग सुहाउदो भएको र गौरीगंगा  नगरपालिकामा सिपयुक्त युवाहरुले यस कार्यक्रम मार्फत लाभ लिन सक्ने बताएका छन । सरकारले लिएको लक्ष्यलाई पूरा गर्न स्थानिय स्तरबाट गर्नुपर्ने सम्पुर्ण कामहरु गर्न आफू तयार रहेको पनि उल्लेख गर्दै नगरप्रमुख कडेलले कार्यविधीले दिएको मार्गदर्शनका आधारमा आगामी दिनमा गर्नु पर्ने कामकाे लागि नगरपालिकाले सामाजिक विकास मन्त्रालयसँग सहकार्य र समन्वय गर्न तत्पर रहेको बताका थिए ।
नगरपालिकाका वडा अध्यक्षहरु, वडा सदस्यहरु, पालिकाका विभिन्न शाखा/उप-शाखाका प्रमुख तथा प्रतिनिधिहरु स्थानिय उध्योग वणिज्य संघ/रोजगारदाता, प्राविधिक विद्यालयका शिक्षक लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>