Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष ०१ गते आइतबार

दोधारा चाँदनीको बडुवाल टोलमा जंगली हात्तीले किसानको गहुँबाली नष्ट

बडुवाल टोलको स्थानियहरुको घर भत्काउदै जंगली हात्तीले गहुँवाली नष्ट गर्न थालेको छ् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा स्थानियहरुको घर भत्काउदै आएको जंगली हात्तीले अहिले आएर गहुँवाली नष्ट गर्न थालेको स्थानियहरुले बताएका छन् ।

बडुवाल टोलमा बिगत लामो समय देखि जंगली हात्तीले स्थानियहरुको मध्यरातमा घर भत्काउने, अन्नवाली क्षती गर्ने तथा मानविय क्षती पुर्‍याउदै आएको छ् । भारतिय जंगल संग जोडिएको बडुवाल टोलमा जंगली हात्तीको आतंक नियन्त्रण गर्न सरकारले खासै काम नगरेको स्थानियहरुको दुखेशो रहदै आएको छ् । मध्यरातमा हात्तीको ठुला हुल आएर बस्तीमा आतंक मच्चाउदै आएको छ् । मध्यरातमा स्थानियहरुले ज्यान जोगाउन हम्मे–हम्मे पर्दै आएको छ् ।

गएको तिन दिनमा बस्ती भित्रिएको जंगली हात्तीको हुलले स्थानिय नन्दलाल मगर, शोनम मगर, अमर खत्री, खेम बहादुर खत्री लगाएत एक दर्जन भन्दा बढी स्थानियहरुको गहुँवाली कुल्चेर नष्ट गर्दै आएको स्थानियबासी महाविर क्षेत्रीले जानकारी दिएका छन् । हात्ती बस्ती पसेको बेला स्थानिय किसानहरुलाई हात्ती धपाउन रातभरी जाग्रम बस्नु परेको छ् । हात्तीको बथानले किसानको गहुँबाली नष्ट गरिरहेको दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य लक्ष्मी राना क्षेत्रीले जानकारी दिएका छन् । हात्ती धपाउन बस्तीमा स्थानीयले आगो बाल्ने, गुलेली प्रयोग गर्ने, पटाका पड्काउने गरेको उनले बताए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>