Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० पुष ०२ गते सोमबार

आज देशभर तथा विदेश स्थित कुटनितिक नियाेगहरुमा आधा झण्डा झुकाइने ।

कुवेतका अमिर शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको निधनमा नेपाल सरकारले सोमबार एकदिने शोक मनाउने भएको छ । आइतबार गृह मन्त्रालयले एक सूचनामार्फत मन्त्रिपरिषद्‌को निर्णयमा  कुवेतका अमिरको सम्मानमा भोलि शोक मनाइने जनाएको हो ।

मन्त्रालयका अनुसार भोलि नेपालभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने छ ।


अमिरको ८६ वर्षको उमेरमा शनिबार निधन भएको थियो ।

"मित्र राष्ट्र कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको संवत् २०८० साल मंसिर ३० गते (सन् २०२३ डिसेम्बर १६ ) का दिन ८६ वर्षको उमेरमा भएको निधनप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट गहिरो दुःख प्रकट गर्दै कुवेत सरकार, कुवेती जनता र स्वर्गीय अमिरको परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्ने र स्वर्गीय अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको सम्मानमा मिति २०८० पुस २ गते शोक मनाउने तथा नेपालभरका सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने" नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०८०/०९/०१ गते निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ," सूचनामा भनिएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>