Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
दार्चुला
२०८० पुष ०२ गते सोमबार

समृद्धिकाे लागि तिव्र पुर्वाधार निर्माण गर्दै अपि हिमाल, प्रदेश र संघ सरकारकाे थप लगानी आवश्यक ।

अपिहिमाल गाउँपालीकाले पालीका समृद्धिका लागि तिब्र रुपमा भाैतिक पुर्वाधार निर्माणकाे प्रयत्न गरिरहेकाे छ ।

दुई महिना पहिला समृद्धि पाेष्टकाे टिम पालिकाकाे पदमार्ग हुँदै अपि बेसक्याम्प, चमेलिया नदिकाे मुहान लगायत यश क्षेत्रका हिमतालहरुकाे भ्रमणमा जादा केही ठाउँमा पुलहरुकाे अभावमा काठ राखेर नदि, खाेला तर्ने अवस्था थियाे । यी ठाउँमा पालीकाले २ महिने अवधिमा चार वटा काठे पुल निर्माण गरि सकेकाे रंगराेगन लगायतका काम बाकि रहेकाे, चमेलिया मुहानमा सुन्दर ढुङ्गेधारा र मन्दिर निर्माण गरेकाे  पालीका अध्यक्ष भक्तसिह ठेकरे बाेहराले बताएका छन ।


याे क्षेत्र सुदुरपश्चिम क्षेत्रकाे शिर मात्र नभई धार्मिक महत्वकाे ठाउँ भएकाेले  यसलाई तिर्थ स्थलकाे रुपमा बिकास गर्न लागिपरेकाे पालिका अध्यक्ष बा्हरा बताउछन । याे क्षेत्रमा पुग्ने प्रस्थान बिन्दुका रुपमा रहेकाे मकरिगाडमा पर्यटन सुचना केन्द्र निर्माणाधीन अवस्थामा रहृकाे अध्यक्ष बाेहरा बताउछन ।

मुहान संरक्षण र सुचनाकेन्द्र निर्माणमा पर्यटन बाेर्डकाे STLRP कार्यक्रमबाट ४०प्रतिशत र गाउँ पालिकाबाट ६० प्रतिशत लगानीमा यी कार्यहरु अगाढि बढिरहेकाे छ।

भुगाेलका दृष्टिले बिकट रहेकाे, बिजुलि बत्ति, बाटाेघाटाे र संचार समेत अभाव रहेकाे क्षेत्रमा सानाे मिहनेतले बिकास गर्न सम्भव नदेखिए पनि पालिकाले सक्दाे जाेडबल गरेर अपि बेस क्याम्प सम्म पदमार्ग, पुल, हाेमस्टे लगायत संरचना निर्माण गर्न सफल भएकाे छ । यसरी पुर्वाधार बिकास गर्दै पर्यटनकाे सम्भावना अगाडि बढाउदै पालिकाका जनताकाे जिवनस्तर र पालिकाकाे सम्वृद्धि अगाडि बढाउन लागि परेकाे पालिकाकाे लक्ष्यमा प्रदेश र संघ सरकारकाे थप सहयाेग आवश्यक रहेकाे स्थानिय युवा तथा माओवादि केन्द्रका नेता जीवन लाेथ्याल बताउछन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>