Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष ०४ गते बुधबार

आफ्नो जन्मदिनमा सामाजसेवी कुमालले दिए हात्तीपिडित चम्फाको परिवारलाई दिए खाद्यान्न उपहार

सामाजसेवी भिम कुमालले आफ्नो जन्मदिनको अवसरमा हात्तीपिडित चम्फा सार्कीको घरपरिवारलाई खाद्यान्न दिएका छन् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोल निवासी चम्फा सार्कीको घरपरिवारलाई चामल, दाल, खाने तेल, साबुन लगाएत सामग्री हस्तान्तरण गरेका छन् । झण्डै ३ महिना अघि भारतिय जंगलबाट बस्ती पसेको हात्तीले चम्फा सार्कीको घर भत्काईदिएका थियो । हात्तीले घर भत्काएपछि कहिले उनि नजिकै रहेको गणेश आधारभुत बिद्यालय, कहिले छिमेकीको घरमा आश्रय लिएर बस्दै आएका छन् । हात्तीले घरमा भएको खाद्यान्न, लत्ताकपडा लगाएत सबै सामग्री नष्ट गरेपछि चम्फालाई एक छोरा र एक छोरीलाई छाक टार्न हम्मे हम्मे पर्दै आएको छ् । खाद्यान्नको अभाव संगै दोधारा चाँदनी नगरपालिका– २ निवासी तथा सामाजसेवी भिम कुमालले आफ्नो जन्मदिनको अवसरमा केही दिनको लागी छाक टार्न खाद्यान्न दिएको बताएका छन् । ‘चम्फाको घरमा खाद्यान्न अभाव भएको थाहा पाएपछि थोरै दिनको लागी भएपनि खाद्यान्न दिएको हु’ भिम कुमालले भने । खाद्यान्न पाएपछि चम्फा सार्की खुशी भएका छन् । दाता कुमाललाई चम्फाले आशिष दिएका हुन् । केही दिन अघि हात्तीले दिपक औजी, अमर मगर र रने सार्की, लिला मगर र चम्फा सार्कीको घर तथा भान्सा भत्काएर खाद्यान्न, भाडाकुडा, लत्ताकपडाको क्षती बनाएको हो । अहिले आए्र हात्तीले  नन्दलाल मगर, शोनम मगर, अमर खत्री, खेम बहादुर खत्री लगाएत एक दर्जन भन्दा बढी स्थानियहरुको गहुँवाली कुल्चेर नष्ट गर्दै आएको स्थानियबासीहरुले बताएका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>