Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष ०४ गते बुधबार

वडा कार्यालयको ‘न्यायो कार्यक्रम’ बृद्धबृद्धालाई कम्वल र टोपी बितरण ।

न्यानो कार्यक्रम अन्तर्गत बृद्ध बृद्धाहरुलाई न्यानो कपडा बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– १० वडा कार्यालयको चालु आर्थिक वर्षको निती तथा कार्यक्रम अन्तर्गत वडामा बसोबास गर्ने ८० वर्ष माथी उमेर भएका ४४ जना बृद्धबृद्धाहरुलाई ब्लेङकेट र न्यानो टोपी बितरण गरिएको दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले जानकारी दिएका छन् । शितलहरको बेला बृद्धबृद्धाहरुलाई चिसोबाट जोगाउन ४४ जना बृद्धबृद्धाहरुलाई एक–एक थान ब्लेङकेट र न्यानो टोपी बितरण गरिएको वडाध्यक्ष सिंहले बताएका छन् । वडा कार्यालयमा आयोजित न्यानो कपडा बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंह, वडा सदस्य पिंकी रावत, बब्ली सुनार, महाविर रोकाया, धन बहादुर थापा, सव–ईन्जिनियर भरत सिंह कार्की, वडा सचिव चन्द्र बहादुर चौधरी, सामाजिक परिचालिका शोनी क्षेत्री लगाएत बृद्धबृद्धाहरुको उपस्थिती रहेको थियो । बृद्धबृद्धा सबैको अभिभाबक भएकाले सबैले सम्मान गर्नुपर्ने बताउदै वडाध्यक्ष चन्द्र बहादुर सिंहले सहयोग गर्न पाएकोमा खुसि ब्यक्त गरे । न्यानो कार्यक्रममा सहभागी मध्य एक ८१ वर्षिय देउसे बुढाले गाँउ–गाँउमा स्थानिय सरकार आयो भन्थे, अहिले अनुभूति भएको बताएका छन् । आर्थिक अवस्था दैनिय रहेका देउसे बुढाले न्यानो ब्लेङकेट र टोपी वडाका जनप्रतिनिधीहरुले आफुहरुलाई सहयोग गरेको खुशी ब्यक्त गर्दै अशिष दिएका छन् । वडा सदस्य धन बहादुर थापाले वडाको न्यानो कार्यक्रमलाई आगामी दिनहरुमा समेत निरन्तरता दिदै आउने प्रतिबद्धता जाहेर गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>