Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० पुष ०५ गते बिहिबार

महिलाहरुलाई उद्यमी उत्पादन गर्ने उद्धेश्यले दोधारा चाँदनीमा अचार बनाउने तालिम संचालन गरिएको छ् ।  दोधारा चाँदनी नगरपालिका– १० वडा कार्यालयको आयोजनामा महिला, जनजाती, दलित बर्गलाई लक्षित गरि ५ दिने अचार बनाउने तालिम सुरु गरिएको दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।

वडा कार्यालयको चालुआर्थिक वर्षको निती तथा कार्यक्रम अनुसार ४० जना वडामा रहेको सबै टोल बस्तीलाई समेटेर तालिममा महिलाहरुलाई सहभागी गराईएको वडाध्यक्ष सिंहले बताएका छन् । गाँउ, घरमा पाइने अमला, आम, बयर, कागती लगाएत बस्तुबाट अचार बनाउने तालिम संचालन गरिएको बताईएको छ् । तालिममा प्रशिक्षकले सिकाएका सिपलाई सहि ठाउमा सदुपयोग गर्न वडाध्यक्ष चन्द्र बहादुर सिंहले तालिमका सहभागीहरुले आग्रह गरेका छन् । ‘आफुले सिकेको सिपको सहि तरिकाले सदुपयोग गर्दै घरमै बसेर मनग्य आम्दानी गर्नुहोस, आवश्यक कार्यमा हामी सहयोग गर्दछौं’ दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले भने– ‘बिभिन्न खालका सिपमुलक तालिमहरु दिनुको उद्धेश्य आफ्नै गाँउ घरमा बसेर केहि न केहि गरी आत्मनिर्भर बनुन भन्ने रहेको हाम्रो उद्धेश्य हो ।’ स्थानिय स्तरमा उपलब्ध कच्चा पदार्थको प्रयोग गरेर अचार बनाउन सकिने बताउदै महिला दिदीबहिनीलाई व्यावसायिक बनाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको वडाध्यक्ष सिंहले तालिम उद्धघाटन सत्रमा बताएका छन् । ५ दिने अचार बनाउने तालिममा दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंह, वडा सदस्य पिंकी रावत, बब्ली सुनार, महाविर रोकाया, धन बहादुर थापा, सव–ईन्जिनियर भरत सिंह कार्की, वडा सचिव चन्द्र बहादुर चौधरी, सामाजिक परिचालिका शोनी क्षेत्री लगाएत तालिममा सहभागीहरुको उपस्थिती रहेको थियो । तालिममा सहभागी हुनपाएको भन्दै महिलाहरु ज्नप्रतिनिधीहरु प्रति खुशी प्रकट गरेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>