Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० पुष ०५ गते बिहिबार

जंगली हात्तीले बेघर भएका चम्फालाई चिसोको सकस : पराल बिछ्याएर रात काटदै

जस्तापाता छानो मुनी, चिसो भुईमा पराल बिछ्याईएको छ् । रातभरको ओसले जस्तापाताबाट झनै चिसो हुन्छ्, त्यसैमा चिसो भुईमा पराल पनि ओसिलो छ् । त्यस माथि च्यातचुत परेको एउटा प्लास्टिकको बोरा र पराल ओछ्याएर जेनतेन शीतलहरमा रात काट्छिन् दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलका चम्फा सार्की र उनका जहान परिवार ।

केही दिन अघि मात्रै जंगली हात्तीले बथानले उनको घर भत्काईदिएपछि छिमेकीको खाली रहेको घरमा चिसो शितलहरमा चिसोले तडपिएर उनि र उनका दुई सन्तान रात काट्न बाध्य भएका छन् ।

जंगली हात्तीले चम्फाको घर भत्काईदिएपछि आफ्नो दुई सन्तान लिएर केही दिनको लागी नजिकै रहेको गणेश आधारभुत बिद्यालयमा आश्रय लिएका थिए । पछि आएर छिमेकीको खाली रहेको घरमा झण्डै एक महिना देखि चम्फाको घरपरिवार बस्दै आएका छन् । आर्थिक अवस्था कमजोर रहेको चम्फाको मध्यरातमा जंगली हात्तीले घर भत्काएर घरमा भएको खाद्यान्न, लत्ताकपडा नोक्सानी गरेपछि एकसरो शरिरको लुगा लगाएर आफ्नो गुजारा चलाउन बाध्य भएका छन् । ‘हामी गरिबलाई कसले हेर्छ र ?’ चम्फा सार्कीले भनिन्– ‘अहिले कठ्यांग्रिदो चिसोमा अर्काको घरमा आश्रय लिएर बसेको छु ।’ उनका श्रीमान भारतको हिमाञ्चल प्रदेशमा ज्यालामजुरी गर्न गएको एक वर्ष जति भयो । श्रीमानको कमाई पनि खासै छैन् । रात काट्नै चम्फा र उनका दुई सन्तान ५ वर्षका सुमित्रा सार्की र ३ वर्षका सरोज सार्कीलाई सकस हुदै आएको बताउछन् । उनको जहानलाई यतिबेला शीतलहरले हैरान पारेको छ् । आफ्नो खेत पनि छैन् उनको । अर्काबाट माँगेर ल्याएको पराललाई जाडोमा ओछ्याउने बनाएर जाडो छल्ने प्रयास गर्छिन् उनी । छोराछोरीका लागि केही न्यानो लुगा जोहो गर्न पाए जाडो काट्न सजिलो हुने बताउछिन् उनी ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>