Samriddhipost
२०८२ फागुन ०६ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष ०७ गते शनिबार

कृष्णपुर प्रथम वडाध्यक्ष कप : कृष्णपुर नगरपालिका वडा नं.९ च्याम्पियन

जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. २ मा प्रथम वडाध्यक्ष फुटबल प्रतियोगिताको च्याम्पियन कृष्णपुर नगरपालिका वडा नं.९ बनेको छ।

कृष्णपुर नगरपालिका २ नम्बर वडाको आयोजनामा प्रथम वडाध्यक्ष फुटबल प्रतियोगिता २०८०  ‘हाम्रो गोल लागु, औषध बिरुद्धको गोल’ भन्ने मुल नाराका साथ मछेली खेलमैदानमा सञ्चालन प्रतियोगिता एक कार्यक्रमका बीच समापन संगै फाइनलमा कृष्णपुर नगरपालिका वडा नं.९ संग आयोजक टिम सेतो पराजित भएको हो।

शुक्रबार भएको फाइनल खेल कृष्णपुर नगरपालिका वडा नं.९ र आयोजक टिम सेतो कृष्णपुर नगरपालिका वडा नं.२ बिच भएको प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोल रहित बराबरी खेलेको थियो। दोस्रो हाफमा कृष्णपुर नगरपालिका वडा नं.९ ले २-० गोलको अन्तरले आयोजक टिम सेतो लाई हराउँदै उपाधी उचालेको छ।

प्रतियोगिताको च्याम्पियन टिम कृष्णपुर नगरपालिका वडा नं.९ ले नगद राशी रु. ७५ हजार ट्रफी प्रमाणपत्र मेड्ल र उपविजेता टिम आयोजक सेतोले नगद राशी रु. ४१ हजार नगद सहित ट्रफि,मेडल प्रमाणपत्र मा चित्त बुझाएको छ।

विभिन्न विधाका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स कृष्णपुर नगरपालिका वडा नं.०९ का बिकास बिष्ट, लक्की चौधरी र मिडफिल्डर , उदयमान खेलाडी कृष्ण नगरपालिका वडा नं.२ आयोजक टिम सेतो का सागर बि.सि र अजय चौधरी चुनिएका छन् । उनले आकर्षक पुरस्कार हात पारेका छन्। यसैगरी प्रतियोगिताको सर्वाधिक गोलकर्ताको उपाधी आयोजक टिम सेतोका क्याप्टेन शरद ऎरीले हात पारेका छन्। उनले प्रतियोगिता भरी ४ गोल गरेका हुन। प्रतियोगितमा मंसिर ३० देखि पौष ६ गते सम्म सञ्चालन भएको थियो। जसमा १४ टिमको सहभागिता रहेको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>