Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष ११ गते बुधबार

पूर्वानुमानमा आधारित अग्रिम प्रतिकार्य सम्बन्धी दोधारा चाँदनीमा नमुना घट्ना अभ्यास

दोधारा चाँदनी नगरपालिकामा पुर्वनुमानमा आधारित अग्रिम प्रतिकार्य सम्बन्धी नमुना घट्ना अभ्यास कार्यक्रम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को साँझेदारीमा संचालित ‘बि रेडी’ परियोजनाको सहजीकरणमा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख श्री किशोर कुमार लिम्बुको अध्यक्षतामा दोधारा चाँदनी नगरपालिका कार्यालको सभाहलमा आयोजना गरिएको पूर्वानुमानमा आधारित अग्रिम प्रतिकार्य सम्बन्धी नमुना घटना अभ्यास कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो । कार्यक्रममा स्थानिय विपद् व्यवस्थापन समितिका पदाधिकारी, क्लष्टरका प्रमुखहरु, जिल्ला आपतकालीन कार्य संचालन केन्द्र, नेपाल प्रहरी, शशस्त्र प्रहरी बल, नेपाली सेना, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय आपतकालीन कार्य संचालन केन्द्र, सामुदायिक विपद व्यवस्थापन समितिका प्रतिनिधिहरु, उत्थानशील युवा संजालका पधिकारीहरु, संचारकर्मीहरु लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा महाकाली नदीको बाढी पूर्वानुमानका विभिन्न परिदृश्यहरुको आधारमा नमुना घटना अभ्यास गरिएको थियो । यस कार्यक्रममा नगरपालिकाले विपद जोखिम न्यूनीकरण र व्यवस्थापनको क्षेत्रमा तयार गरिएका नीति नियम, ऐन, कार्यविधि र विद्यमान संस्थागत संरचनाहरुको परिक्षण तथा प्रभावकारिताको विश्लेषण गर्न नमुना घटना अभ्यास गरिएको हो । यस्ता अभ्यासले नगरपालिकाले विपदको समयमा गर्ने क्रियाकलापहरु तथा निर्णय प्रक्रियाको समिक्षा हुनुका साथै आगामी दिनमा कुनै पनि प्रकारका विपद्को अग्रिम प्रतिकार्य, पूर्वतयारी र प्रतिकार्य गर्न सहज हुने सहभागीहरुको भनाई रहेको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाले बिपद्को पुर्व तयारी सम्बन्धमा थुप्रै अभ्म्यासहरु गर्दै आएको दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबी जोशीले बताएका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>