Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष ११ गते बुधबार

सिहदरवारमा आगाे लागेपछी
फायल तस्बिर

सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित वन तथा वातावरण मन्त्रालयको एक कोठामा विद्युत् शर्ट भएर आगलागी भएपछि बुधवार एकछिन खैलाबैला मच्चिएको छ ।

बुधवार दिउँसो साढे २ बजेको समयमा वन मन्त्रालयमा आगलागीको हल्ला फैलिएको थियो । 

मन्त्रालयको चौथो तलामा रहेको प्राविधिक उपसचिव परशुराम पौडेलको कोठामा विद्युत् शर्ट भएर आगलागी भएको थियो । काठमा जोडिएको विद्युत मल्टिप्लगमा आगो लागेको थियो । 
शर्ट सर्किटको गन्ध फैलिएपछि कर्मचारीहरूबीच एकछिन भागदौड मच्चिएको थियो । त्यसपछि ४ सय १० नम्बरको कोठा खोल्दा धुँवैधुवाँले भरिएको थियो । पौडेल भने बुधवार कार्यकक्षमा थिएनन् । 

तत्कालै नियन्त्रणमा लिइएका कारण कुनै क्षति भने भएको छैन । धेरै हिटर एकसाथ बालिएका कारण तार जलेर आगो सल्केको एक कर्मचारीले बताए । 

जाडोको समयमा सिंहदरबारस्थित मन्त्रालयका प्रायः कोठामा हिटर बाल्ने गरेको पाइन्छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>