Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० पुष १२ गते बिहिबार

भगतपुर खानेपानी खडायत नेतृत्वमा

भगतपुर निम्बुखडा खानेपानी तथा उपभोक्ता तथा सरसफाई समितिको विशेष साधारण सभाले दानसिंह खडायतको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति गठन गरेको छ । सर्व समितिबाट निर्विरोध चयन भएको निवर्तमान अध्यक्ष गणेश सिंह धामीले बताएका छन्। यस भन्दा अगाडि अध्यक्ष खडायत कार्य समितिका सदस्य समेत हुन। चुनावी मैदानमा उत्रिएको समिति अन्तिम चरणमा गएर सहमति भएको थियो। ९ सदस्य समिति चयन भएको हो जसमा उपाध्यक्षमा पुष्कर बहादुर चन्द, सचिव नरेन्द्र बहादुर चन्द, कोषाध्यक्ष गोकुल राज जोशी रहेका छन भने सदस्यहरूमा तिलकराज जोशी, बिमला बम, मायापन्त पाण्डेय, रिया चौधरी र हेमाचन्द् चयन भएका छन् ।

१२ सय उपभोक्ता रहेको घरधुरी मध्ये ८ सय७२ धारा जडान भएका र बाँकी ३ सय २८ घरधुरीमा धारा जडान गर्नुपर्ने निवर्तमान अध्यक्ष गणेश धामीले बताएका छन् भगतपुर लिम्बुखेडा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष दानसिंह खडायतले पानीमा चुनाकाे प्रकोप देखा परेकोले यसलाई हटाउन जिओ लाइट मसिन ल्याउने र चुनाले तेति असर पर्न नसक्ने भए तापनि चुनावलाई हटाएर पानीलाई शुद्धिकरण बनाउने योजना रहेको बताउदै २ हजारको हाराहारीमा उपभोक्ताहरूको संख्या बढाउने पहिलो प्राथमिकतामा रहेको कामबताए।

निवर्तमान अध्यक्ष गणेश सिंह धामीले जिराे प्वाइन्ट बाट सुरु गरेर खानेपानीलाई यहाँसम्म पुर्याउनु ठुलाे याेगदान रहेकाे र अझैपनि साथ सहयाेग चाहिने भन्दै धन्यवाद समेत दिएका छन। निर्वाचन मण्डलका संयोजक राजुराम चौधरी सदस्यहरूमा रामप्रसाद पाण्डेय कृष्ण राज पनेरुले निर्विरोध कार्य समिति चयन भएकोले चुनाव नभएकाे बताउदै कार्य समितिलाई धन्यवाद दिएका छन् । दुई पटक साधारण सभा बिभिद कारणले हुन नसकेकाे र तेस्रो चोटी सफल भएकोले उपभोक्ताहरूले बताएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>