Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० पुष १४ गते शनिबार

हात्तीपिडित बडुवाल टोलका स्थानियहरुलाई एनएनएसडब्लुएले दियो खाद्यान्न खरिदमा सहयोग
फायल फाेटाे

बडुवाल टोलका हात्तीपिडित स्थानियहरुलाई डिसीए र नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कंचनपुरले खाद्यान्न खरिदमा सहयोग गरेको छ् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा जंगली हात्तीले धान तथा मकैवाली नष्ट गरेका स्थानिय किसानहरुलाई डिसीए र नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कंचनपुरले प्रति घरधुरी रु. २५ सय को दरले ८४ घरधुरीलाई जम्मा रु. २ लाख १० हजार रकम आईएमई मार्फत स्थानियहरुलाई सहयोग गरेको दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य लक्ष्मी राना क्षेत्रीले जानकारी दिएका छन् । बिगत लामो समय देखि बडुवाल टोलमा मध्यरातमा जंगली हात्तीले स्थानियहरुले लगाएको अन्नवाली नष्ट गर्दै आएपनि सरकार पक्षले खासै सहयोग नगरेको स्थानियहरुले गुनासो छ् । जंगली हात्तीले स्थानियहरुको धान तथा मकैवाली नष्ट गरेपछि उनिहरुलाई छाक टार्न समस्या भएको अवस्थामा डिसीए र नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले गरेको सहयोग निकै सहनिय रहेको वडा सदस्य लक्ष्मी राना बताउछन् । भारतिय जंगलबाट बस्ती भित्रिएको जंगली हात्तीले खेती खाएर नष्ट गर्दै गरेको अवस्थामा दातृ संस्था डिसीए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले आईएमई मार्फत गरेको सहयोग निकै प्रशंसानिय रहेको स्थानियबासी महाविर क्षेत्रीले बताएका छन् । ‘पिडाको बेला सहयोग गर्ने दातृ संस्था डिसीए र नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) लाई बिशेष धन्यबाद छ्’ स्थानिय महाविर क्षेत्रीले भने– ‘पाएको रकमले खाद्यान्न खरिद गरेका छौं ।’ वर्षेनी लगाएको अन्नवाली जंगली हात्तीले नष्ट गरेपछि बडुवाल टोलका स्थानियहरु घरपरिवार पाल्न भारतमा गएर ज्याला मजुरी गर्न बाध्य हुदै आएका छन् । दाताले दिएको रकमले केही महिनाको लागी परिवारमा छाक टार्न सहज भएको भन्दै अर्का स्थानिय गिता क्षेत्री खुशी भएका छन् । ‘संस्थाले दिएका रकमबाट खरिद गरिएको खाद्यान्नले केही महिना खाद्यान्नको समस्या टरेको छ्’ गिता क्षेत्रीले भने । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले डिसीए नेपालको आर्थिक सहयोग, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कंचनपुरको साँझेदारी र दोधारा चाादनी नगरपालिका कार्यालयको समन्वयमा हात्ती पिडित बस्तीमा खेतवाली नोक्सान तथा क्षती भएकोहरुलाई खाद्य सुरक्षार्थ बिउ बिजन खरिदका लागी नगद सहयोग स्वरुप प्रति घरधुरी रु. २५ सय दरले ८४ घरपरिवारलाई आईएमई मार्फत पिडित परिवारजनलाई रकम पठाईएको बताएका छन् । ‘स्थानिय सरकार संग समन्वय गरि सहयोग रकम पठाईएको छ्’ नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले भने ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>