Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष १४ गते शनिबार

एमाले कंचनपुरकाे प्रशिक्षण तिब्र

नेकपा (एमाले) कञ्चनपुरले वार्षिक कार्ययोजना अनुसार दुई दिने पालिका स्तरिय प्रशिक्षण कार्यक्रमलाई तीब्रता दिएको छ ।

बिहिबार लालझाडि गाउँपालीमामा प्रशिक्षण सम्पन्न भएकाे थियाे, सोमबार र मंगलबार दोधारा चाँदनी नगर कमिटी स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । शुक्रबार देखि भीमदत्त नगर कमिटी स्तरिय प्रशिक्षण सुरु भएको थियो । 
शुक्रबार पार्टीका केन्द्रीय लेखा आयोगका सचिवालय सदस्य ईश्वरी प्रसाद खरेल, कञ्चनपुर क्षेत्र नं. ३ का पूर्व सांसद डा.दीपक प्रकाश भट्ट, प्रदेश कमिटीका उप सचिव नरबहादुर विक, पार्टीका केन्द्रीय सदस्य तथा पालिका ईन्चार्ज कृपाराम राना लगायतले बिभिन्न विषयमा प्रशिक्षण दिएको जिल्ला पार्टी कार्यालयका सचिव अर्जुन कार्कीले जानकारी दिएका छन् ।
शनिबार पार्टीका पोलिटव्यूरो सदस्य तथा सुदूरपश्चिमका स्कुल विभाग संयोजक राजेन्द्र सिंह रावल, प्रदेश कमिटी सदस्य महेश पन्त, सल्लाहकार परिषदका सचिवालय सदस्य गोबिन्द कलौनी, जिल्ला कावा अध्यक्ष लक्ष्मी बुढा, प्रदेश कमिटी अध्यक्ष कृष्ण प्रसाद जैसीलगायतले प्रशिक्षण दिएका छन् । प्रशिक्षणमा नगर कमिटीका करिब ४० जना नेता–कार्यकताहरुको सहभागिता रहेको नगर कमिटीका उप सचिव नरेन्द्र कार्कीले बताए । 
एमाले जिल्ला क
िमटी कञ्चनपुरले जिल्लाका ९ वटै पालिकामा दुई द्धिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने कार्य तालिका बनाएको थियो । आगामी दिनमा अन्य पालिकाहरुमा पनि प्रशिक्षण कार्यक्रम संचालन हुने छन् । प्रशिक्षण कार्यक्रमले कार्यकर्ताहरुको राजनीतिक र बैचारिक बुझाईमा एकरुपता आउनुको साथै पार्टी कमिटी सञ्चालन, दायित्व र जिम्मेवारी बोधको साथै समसामयिक विषयहरुमा पनि जानकारी हासिल हुने बताइएको छ । समापन कार्यक्रम एमाले भिमदत्त नगर कमिटीका कार्यबाहक अध्यक्ष गणेश चन्दको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>