Samriddhipost
२०८२ फागुन ०६ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष १५ गते आइतबार

आज पुस १५ यस्ताे छ मान्यता र चलन, सुदुरपश्चिममा ठुली रात

 पुस पन्ध्रको रात सबैभन्दा लामो रात मानिने पुरानै रितिथिति अनुसार आजको रातलाई ठूलोरात मानी राती मीठा मीठा खानेकुरा खाएर रमाईलो गरी जाग्राम बस्ने, डेउडा खेल्ने, बांतै,काहानी हाल्ने तथा बिहान उज्यालो नहुँदै नुहाईधुवाई गर्ने चलन रहेको छ ।

आजको रात ‘रातभरी कथा, कहानी (स्थानीय भाषामा आइना, बातै) सुन्ने र सुनाउने तथा तरुल सखरगखण्ड पकाएर खाने गरिन्छ,।

तेल अथवा घिउमा तारेर पकाइएका खानेकुरा अथवा घिउ हालेको भात खाने गरिन्छ । सुदूरका पहाडी केहि जिल्लाहरुमा तिहारमा भैली खेलेर जम्मा भएको रकमबाट आजै कुन्क्यौलो (वनभोज) खाने गरिन्छ । पुष १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न र शरीर समेत फुर्तिलो हुन भएकाले चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने गरिएको स्थानिय जानकारहरुको भनाइ छ ।
सुदुरपश्चिम प्रदेशमा ठुलिरातका रुपमा समेत मनाउने गरिएकाे छ ।

डिसेम्बर २२ तारिखलाई विश्वभरी नै सबैभन्दा छोटो दिन भनिएपनि नेपाली समाजमा भने पुस १५ लाई छोटो दिन मान्ने गरिन्छ । आजदेखि दिनहरु विस्तारै लम्बिदै जाने र असार १५ मा वर्षकै ठूलो दिन मानिन्छ । भारतमा पुस १५ लाई लोहरी पर्वका रुपमा मनाइने गरिन्छ ।


#पुस १५

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>