Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० पुष १५ गते आइतबार

पवनदुत कम्पनिकाे बस निकुन्जमा पल्टियाे ८ घाइते

कञ्चनपुरको बेलौरीबाट काठमाडौँका लागि छुटेको पवनदुत यातायातको बस बाँकेमा दुर्घटना भएको छ । ना ५ ख ६६८४ नम्बरको उक्त बस आफै अनियन्त्रित भएर पल्टिएको ट्राफिक प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । शनिबार राति सवा १० बजेको समयमा बाँकेको राप्तीसोनारी २ स्थित पूर्व-पश्चिम राजमार्गमा पर्ने झुरीखोला पुल नजिक बस दुर्घटनामा परेको हो । घाइतेहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरू मध्ये कञ्चनपुरको बेलौरी नगरपालिका ९ बस्ने २१ वर्षीय मिलन चौधरीको टाउको र निधारमा सामान्य चोट, सोही ठाउँका ३४ वर्षीय जगतराम चौधरीको शरीर र बायाँ हातमा सामान्य चोट, त्यसै ठाउँका २१ वर्षीय दिनेश चौधरीको दायाँ हातमा सामान्य चोट, लालझाडी गाउँपालिका २ बस्ने १८ वर्षीय उमेश रानाथारुको टाउको, बायाँ हात, खुट्टामा सामान्य चोट, कृष्णपुर नगरपालिका ५ बस्ने ३६ वर्षीय बन्धुराम चौधरीको शरीरमा सामान्य चोट, डडेलधुराको अमरगढी नगरपालिका ७ बस्ने २४ वर्षीय डम्बर ताम्रकारको टाउको र कम्मरमा सामान्य चोट तथा अछामको कमलबजार नगरपालिका ६ बस्ने ३६ वर्षीय चेतराज भण्डारीको अनुहार, छाती र बायाँ कुममा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । फरार रहेका चालकको भने खोजतलास कार्य जारी रहेको बताइएको छ । अन्य यात्रुहरूलाई अर्को बस मार्फत गन्तव्यतर्फ पठाइएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>