Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष १५ गते आइतबार

सचिवकाे अस्लिल भिडियाे भाईरल

सुदूरपश्चिमका एक मन्त्रीका प्रमुख स्वकीय सचिवको अश्लील भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टका स्वकीय सचिव चक्रप्रसाद शर्माको अश्लील भिडियो भाइरल भएको हो। सो भाइरल भिडिओ एक मिनेट ५० सेकेन्डको रहेको छ। उक्त भिडिओमा शर्मा भिडिओ कल गरेर अश्लील गतिविधि गरेको देखिन्छ।

तर, उक्त भिडिओ हेर्दा शर्मालाई स्क्यामरले फसाएको जस्तो देखिन्छ। पछिल्लो समय स्क्यामरले भिडिओ कलले गर्दा थुप्रैको जीवन उजाडिएको छ स्क्यामरले विभिन्न प्रलोभनमा पारेर कल गर्दा अश्‍लील गतिविधि गर्न लगाइ भिडिओ रेकर्ड गरेर ब्ल्याकमेल गरी पैसा नदिए भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने धम्की दिँदै आइरहेका छन्।

यसबारे बुझ्न शर्मालाई फोन गर्दा उनको फोन अफ रहेको छ। उनको विषयमा मन्त्री भट्टसँग बुझ्दा उनले आफू बैतडी सदरमुकाममा रहेको र स्वकीय शर्मा घर गएको जानकारी दिए। उनले आफूलाई पनि शर्माको विषयमा जानकारी आएको जनाउदै आफूले सो सम्बन्धमा बुझिरहेको दाबी गरे। शर्माको घर बैतडीको दशरथचन्द नगरपालिका ७ हो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>