Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० पुष १६ गते सोमबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले डडेलधुरा अस्पताल केही समयमै १०० शय्याबाट बढाएर ३०० शय्याको बन्ने दाबी गरेका छन । आइतबार अस्पताल निरीक्षणका लागि डडेलधुरा आइपुगेका मन्त्री बस्नेतले तीन सय शय्याको अस्पताल सञ्चालन नभएसम्म मेडिकल कलेज पूर्ण रूपमा चल्न नसक्ने भएकाले अस्पतालको क्षमता पनि बढाउँदै लैजानु पर्नेमा जोड दिए।

अस्पताल र मेडिकल कलेज एक अर्काका परिपूरक भएको बताउँदै दुबैलाई साथ साथै लैजान सकेमात्र जनताले चाहेको स्वास्थ्य सेवा र चिकित्सा शास्त्रको पढाई अगाडि बढ्ने बताए । डडेलधुरा अस्पतालले तीन सय शय्यामा सञ्चालन गर्न नयाँ भवन बनाइरहेको छ।

मन्त्री बस्नेतले अस्पतालको स्तर उन्नतिका लागि स्वास्थ्य मन्त्रालयले कुनै कसर बाकी नराख्ने बताए । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले अस्पतालमा कार्यरत जनशक्तिलाई मेडिकल कलेजले पनि काममा लगाउनु पर्ने आवश्यकता रहेकोमा जोड दिए। उनले एमबीबीएसको पढाई सुरु गर्नु भन्दा नर्स र पारामेडिक्सको पढाई सुरु गर्न सल्लाह दिए।

डडेलधुरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष करुणाकर ओझाले जनशक्ति थप्ने कार्यमा सरकारले सहयोग गर्नु पर्ने बताए । मन्त्री बस्नेतले अस्पतालका निर्माणाधीन भवन, क्वाटर लगायतको निरीक्षण र अवलोकन गरेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>