Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० पुष २२ गते आइतबार

शुक्लफाँटा अबैध नदि उत्खननमा सिचाईका ठेकेदारकाे समेत संलग्नता

शुक्लफाँटा नगरपालीकामा अबैध रुपमा नदिजन्य पदार्थ उत्खननमा सिचाईमा काम गर्ने ठेकेदार समेतकाे संलग्नता खुलेकाे छ ।

महाकाली सिचाइँ तेस्राे चरण अन्तर्गत काम गरिरहेकाे निर्माण कम्पनि वेस्टर्न डेभल्पमेन्ट कन्सट्रक्सनकाे संलग्नता देखिएकाे छ । उक्त कम्पनीका ईन्जिनियर कृष्ण ओलीले शुक्लफाँटाका मेयर परिवारकाे झलारिमा हार्डवेयर पसल रहेकाे उक्त पसल बाट आफ्नाे कम्पनिले सामान खरिद गर्ने गरेकाे र फर्केर जादा ग्राेभेल पठाएको समृद्धि पाेष्टलाई फाेनमा बताएका छन । उनले भने, ‘ ग्रावेलको स्याम्पल जाँचका लागि लग्दै गर्दा स्थानीयले शुक्रवार साझ दुई ट्याक्टर समातेका हुन्।’ ग्रावेल आफ्नाे रहेकाे, उक्त दुई ट्रालि ग्राभेल बेदकाेट नगरपालिका स्थित मुसेपानिमा रहेकाे स्टाेन क्रसर संगैकाे ल्यावमा पठाउन लागेकाे बताए ।

आफ्नाे टिप्परहरु हरु हुदा हुँदै सस्ताे छाेडेर अरुकाेमा पठाउनुभयाे भन्दा उताबाट सामान आउने काराेबार चलेकाे र त्यसैमा ग्रावेल पठाएको बताएका छन । यसरी स्याम्पलका लागि थाेरै केही कट्टा भएपनि हुने किन दुई ट्रालि चाहियाे भन्दा ईन्जिनियर ओलीले कम ग्राभेल बेल्ट आदिमा अड्किएर सकिने भएका कारण ट्रालिमा पठाएको बताएका छन ।

शुक्लफाँटा वडा ८ का ग्रावेल नियन्त्रणमा लिने स्थानियले एक ट्राली भए त पुग्दाे हाे तर दुई ट्राली नै किन चाहियाे याे सब जनता ठग्ने र नदि दाेहन गर्ने प्रपन्च रहेकाे बताएका छन ।

शुक्लाफाँटाका नदी खोलामा अवैद्य रुपमा नदीजन्य पदार्थको चोरी तस्करि बढेकाे छ । अवैद्य उत्खनन् गर्ने ट्याक्टरलाई कारबाही गर्नुपर्ने स्थानीय टेक साउँदले बताए। नगरपालिकाले अवैद्य उत्खनन् गर्ने ट्याक्टरलाई जरिवाना गर्दै आएको छ। नदीजन्य पदार्थको उत्खननमा नगरपालिकाले रोक लगाएको छ। नदीजन्य पदार्थको उत्खनन्का लागि नगरपालिकाले ठेक्का आह्वान समेत गरेको छ। 

राष्ट्रिय गाैरवकाे आयाेजना भनी आयाेजना चलिरहेकाे तल माथि पाँच पाँच सय मिटर नदिमा आफ्नाे राईट वे पर्ने र त्यहाँ आफुले उत्खनन् गर्न सक्ने निर्माण कम्पनिका ईन्जिनियर ओलिकाे दाबि रहेकाे छ । यश बिषयमा महाकाली सिचाईका प्रमुख संग सम्पर्क गर्दा वहाँकाे फाेन र म्यासेजकाे जवाफ आएन ।

कुनैपनि आयाेजना निर्माण गर्दा नदि खाेला हरुकाे स्राेत प्रयाेग गर्दा राेयल्टि तिर्नुपर्ने ब्यावस्था रहेकाे छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>