Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष २२ गते आइतबार

दोधारा चाँदनीमा महिलाहरुलाई आय आर्जन बढाउन चुरापोते बनाउने तालिम संचालन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– २ मा वडाका महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यले चुरापोते बनाउने सिपमुलक तालिमको संचालन गरिएको हो ।

वडामा रहेका सबै टोल बस्तीलाई समेटेर आज देखि सात दिने चुरापोते बनाउने तालिम संचालन गरिएको दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले जानकारी दिएका छन् । तालिममा २५ जना महिलाहरुको सहभागिता रहेको छ् । आज वडा कार्यालयमा एक कार्यक्रमको बिच सात दिने चुरापोते बनाउने सिपमुलक तालिमको समउद्धघाटन गरिएको छ् ।

उद्धघाटन सत्रमा दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावल, वडा सदस्य कमान सिंह धामी, द्रोपती सुनार, एसडिएनका अध्यक्ष भुवान बिहारी पन्त, दोधारा चाँदनी नगरपालिका नगर खेलकुद बिकास समितिका अध्यक्ष दिवान चन्द, हिमालय मध्यवर्ती उपभोक्त समिति चाँदनीकाअ अध्यक्ष पदम बहादुर सिंह, दोधारा चाँदनी नगरपालिका लघुउद्यम बिकास शाखाका जयन्ती भट्ट लगाएत तालिमका सहभागीहरुको सहभागिता रहेको थियो । महिलाहरुको क्षमता विकास गरी आर्थिक रुपमा समेत बलियो बनाउनका लागी चुरापोते बनाउने तालिम संचालन गरिएको वडाध्यक्ष पदम रावलले बताएका छन् । तालिममा सिकेका सिपलाई आफ्नो दैनिक जिवनमा उपयोग गर्दै व्यवसायिक बन्न समेत वडाध्यक्ष रावलले सहभागीहरुलाई आग्रह गरेका छन् । ‘वडामा रहेका महिलालाई आय आर्जन संग जोड्नका लागि तालिम सञ्चालन गरिएको हो’, वडाध्यक्ष रावलले भने, ‘तालिमबाट सिकेको सीप व्यवहारमा उतार्न सके महिला आत्मनिर्भर बन्ने विश्वास लिएको छु ।’ घरमै बसेर पनि गर्न सकिने काम भएकाले तालिमबाट सिकेको सीप व्यवहारमा लागू गर्न बक्ताहरुले सहभागीहरुलाई आग्रह गरेका छन् । दोधारा चाँदनी नगरपालिका लघुउद्यम बिकास शाखाका जयन्ती भट्टले कार्यक्रम संचालन गरेका थिए भने, तालिमका प्रशिक्षक छाया चन्द रहेका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>