Samriddhipost
२०८१ मङि्सर ०९ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष २२ गते आइतबार

बर्दियामा जिउदै आमाछाेरि लाई मृत घाेषणा गरेपछी

जिल्ला अदालत बर्दिया र मधुवन नगरपालिकाले नेपालगञ्जका जीवित आमाछोरी नरमाया घर्ती र शषा गुरुङलाई मृतक घोषणा गर्दै प्रमाण पत्र जारी गरेका छन् । सम्पत्ति हडप्ने प्रयासले यो काम गरिएको मृत घोषित नरमाया बताउँछिन् ।

बाँके राझाकी नरमाया घर्ती र उनकी छोरी शषा गुरुङलाई बर्दियाको मधुवन नगरपालिकाको ७ नम्बर वडा कार्यालयको सिफारिसमा बर्दिया जिल्ला अदालतले ‘लामो समयदेखि बेपत्ता भएको’ भनेर मृत घोषणा गर्दै प्रमाण–पत्र जारी गरेको छ ।

मधुवन नगरपालिका–७ मा बस्ने नरमायाकी सौता च्यामशो भन्ने मीनमाया, वडा नं ७ का वडा अध्यक्ष राजेन्द्र हमाल, वडा सदस्य बालकुमारी केसी र वडा सचिव बिमल भण्डारीले सर्जमिन मुचुल्का गरी १५ चैत २०६२ देखि घरबाट बेपत्ता भएको भनेर नरमाया घर्ती र उनकी छोरी शषा गुरुङलाई मृत्युको न्यायिक घोषणा गर्न सिफारिस गरेका थिए ।

वडा कार्यालयको सिफारिसपछि जिल्ला अदालत बर्दियाका कर्मचारी सूर्यबहादुर शाही समेतको डोरले नरमाया घर्ती र उनकी छोरी शषा गुरुङ लामो समयदेखि बेपत्ता रहेको र सोधखोज गर्दा पनि नभेटिएको व्याहोरा तयार गरी मृत्युको न्यायिक घोषणा गर्न अदालतमा सिफारिस गरेको थियो ।

लामो समयसम्म बेपत्ता भएको व्यक्ति फर्कि आउने सम्भावना नदेखिएको अवस्थामा कानुनी रुपमा मृत्युको न्यायिक घोषणा हुनसक्ने कानुनी व्यवस्था मुलुकी देवानी संहितामा छ । त्यसको अर्थ उनीहरु अब जीवित छैनन् वा हुनसक्ने सम्भावना छैन भन्ने हो ।

वडा कार्यालयको सिफारिस र जिल्ला अदालतबाट खटिएको डोरको सिफारिस बमोजिम जिल्ला अदालत बर्दियाका न्यायाधीश टेकराज जोशीको इजलासले १८ पुस २०८० मा आदेश गर्दै नरमाया घर्ती र उनकी छोरी शषा गुरुङलाई मुलुकी देवानी संहिता २०७४ को दफा ४० को उपदफा ४ बमोजिम मृत्युको न्यायिक घोषणा गरेको थियो ।

मृत्युको यस्तो न्यायिक घोषणाको प्रमाणित पत्र अदालतका निमित्त श्रेस्तेदार श्रीधर सुवेदीले १८ पुस २०८० मा जारी गरेका थिए ।

मानिस जीवित र सम्पर्कमै रहेको अवस्थामा लामो समयदेखि बेपत्ता भएको भन्ने नक्कली सरजमिन गरेर मृत्युको प्रमाण पत्र बनाउनुको मुख्य कारण नेपाली सेनामा कार्यरत नरमायाका श्रीमान सुब्बा गुरुङको पेन्सन र पुख्र्यौली सम्पत्ति हडप्ने नियत देखिन्छ । नरमायाका भनाइमा पनि ‘कान्छी श्रीमतीको नाममा उनले पाउँदै आएको पेन्सन र पुर्ख्यौली सम्पत्तिबाट वञ्चित गर्ने षड्यन्त्रले यस्तो कागज तयार भएको हुनसक्छ ।’

नरमायाले नेपाली सेनामा कार्यरत श्रीमान सुब्बा गुरुङको मृत्युपछि कान्छी श्रीमातीको रुपमा मासिक ८ हजार पेन्सन पाउदै आएकी छिन । नरमायाको भनाइमा सौता र उनका छोराहरुले श्रीमानको घर बर्दिया मधुवन नगरपालिका–७ मा बस्न नदिए पछि छोरी लिएर उनी २०६४ सालदेखि नेपालगञ्जको राँझामा बस्दै आएकी छिन् ।

नेपालगञ्जमा बस्न थालेपछि पनि हरेक बर्ष ल्होसार पर्वमा श्रीमानको घर जाने गरेको नरमाया बताउँछिन् । श्रीमानका आफन्त नातेदारहरुसंग नियमित भेटघाट र सम्पर्कमा रहे पनि सौताले स्थानीय वडा अध्यक्षसंगको मिलेमतोमा आफूलाई पेन्सन र सम्पत्तिबाट बञ्चित गर्न अदालतलाई समेत गुमराहमा राखेर यस्तो काम गरेको नरमायाको भनाइ छ ।

नरमायालाई मृत घोषणा गर्ने वडा अध्यक्ष भन्छन, ‘उहाँले आधा पेन्सन बुझ्नु हुन्छ भन्ने थाहा थियो । तर उहाँ हाम्रो सम्पर्कमा हुनुहुन्नथ्यो । म उहाँलाई चिन्दिन । त्यसैले मैले सरजमिनका आधारमा १५ चैत २०६२ देखि सम्पर्कमा नभएको भनेर मृत्युको न्यायिक घोषणाका लागि सिफारिस गरिदिएको हुँ ।’

आफ्नो घरको बरण्डामा अनलाइनखबरसंग कुरा गर्दा नरमायाले आफूसंग २०८० असोजसम्म पेन्सन बुझेको प्रमाण रहेको बताइन् । यस्तै साबिकको ताराताल गाबिसले १७ मंसिर २०७१ मा सुब्बा गुरुङकी छोरी शषा सुरुङलाई छात्तवृत्ति उपलब्ध गराउन नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयलाई सिफारिस गरेको छ ।
नरमायाले भनिन् ‘सम्पत्तिबाट बञ्चित गर्न र मेरो पेन्सन सुविधा खोस्न यो षड्यन्त्र भएको हो । जबकी यो बीचमा मैले पटक पटक वडा अध्यक्षलाई पनि भेटेकी छु ।’

स्वर्गीय सुब्बा गुरुङको बर्दिया मधुवन नगरपालिका वडा नं ७ मा १ कठठामा बनेको घर, नजिकै करिब १ बिघा जग्गा र पहाड घर लमजुङमा पनि पुर्ख्यौली सम्पत्ति रहेको नरमायाको भनाइ छ ।

रुकुमपूर्व माइती भएकी नरमायाको श्रीमान रुकुममा कार्यरत रहेका बेला २०५८ सालमा प्रेम विवाह भएको थियो । नेपाली सेनामा कार्यरत रहेकै बेला सुब्बाको २०६२ सालमा हृदयघातबाट मृत्यु भएको थियो । सुब्बा गुरुङ र नरमायाबाट ८ वैशाख २०६० मा छोरी जन्मिएकी थिइन । नरमाया र छोरी शषा सँगै बस्दै आएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>