Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०८० पुष २३ गते सोमबार

भिमदत्त नगरपालिकामा दरवन्दि भन्दा ८४ कर्मचारि बढी, बर्षदिनमा थपिए ५४ जना ।स्थाई भन्दा दैनिक ज्यालादारि कर्मचारि बढी।

कञ्चनपुरको भीमदत्त नरपालिका करारका कर्मचारीले भरिएको छ । नगरपालिकाकामा हाल ४ सय ३० कर्मचारी कार्यरत रहेकोमा त्यसमध्ये २ तिहाइ बढी करार र ज्यालादारी कर्मचारी कार्यरत रहेका छन । जसमा स्थायी कर्मचारी १२५ जना रहेका छन भने बाँकी १६६ जना करार सेवा र १३९ जना दैनिक ज्यालादारीमा कार्यरत रहेको प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले बताए ।

नगरपालिकामा ३४६ कर्मचारीको दरबन्दी भएपनि नगरले सो भन्दा बढी कर्मचारी भर्ना गरेको छ । नगरको वित्तीय परिचालन योजना अनुसार नगरमा २०७९ माघ मसान्त सम्ममा प्रमुख प्रशासकीय अधिकृत सहित १२९ स्थायी, १६० करार सेवा र ९१ जना दैनिक ज्यालादारी गरी ३८१ कर्मचारी कार्यरत रहेकोमा हाल एक वर्षको अवधिमा करार र ज्यालादारी कर्मचारीको संख्या ह्वातै बढेको छ । एक वर्षको अवधिका मात्रै करार र ज्यालादारीका ५४ कर्मचारी थपिएका छन । हाल नगरमा करार र ज्यालादारीका कर्मचारी मात्रै ३०५ कर्मचारी कार्यरत रहेका छन ।

नगरपालिका करार र ज्यालादारीका कर्मचारीले भरिदै गएको भएपनि नगरपालिकाले भने आवश्यक कर्मचारी मात्रै राखिएको जनाएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले कार्यालयमा सेवा प्रवाह बढेकोले दरबन्दी भन्दा बढी कर्मचारी राखिएको बताए । नगर प्रवक्ता महेन्द्र खडकाले आफ्नाे पालामा मात्र नभई पहिले देखि कर्मचारि भर्ना भएकाे, पालिकालाई कति कर्मचारि आवश्यक छ अध्ययन गर्नका लागि बजेट समेत छुट्याएका छाै, अध्ययनकाे रिजल्ट अनुसार ओभर स्टाफिक हटाउने बताउनु भएकाे छ ।

स्थानीय सरकार संचालन ऐन २०७४ मा नगरपालिकाले नगर प्रहरी, सवारी चालक, सयश, कार्यालय सहयोगी, प्लम्बर, इलेक्ट्रिसिय, चौकीदार, माली, बगैँचे र सरसफाइ सम्बन्धी कर्मचारी प्रतिस्पर्धाको आधारमा सेवा करारबाट राख्न पाउने प्रावधान भएपनि पहुचका आधारमा हाल नगरमा ज्यालादारी कर्मचारी भरिएका छन । नगरपालिका करार र ज्यालादारी कर्मचारीले भरिदा व्यवभार पनि थपिएको छ । कर्मचारी पाल्नमा मात्रै नगरको बजेट बढी खर्च हुँदा चालु र पुजिगत खर्चको अन्तर पनि बढ्दै गएको छ ।


#भिमदत्तमा दरबन्दि भन्दा बढि कर्मचारि कार्यरत

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>