कञ्चनपुरको भीमदत्त नगरपालिकाले बजार क्षेत्रमा रहेका फुटपाथ अतिक्रमण हटाउन थालेको छ । महेन्द्रनगर बजार क्षेत्रमा भीमदत्त नगरपालिका कार्यालयले नगर प्रहरी र कर्मचारी परिचालन गरी फुटपाथमा अतिक्रमण गरि राखेका सामग्रीहरू हटाउन थालेको हो ।
व्यापारीहरूले फुटपाथका साथै सडक नै अवरुद्ध हुने गरी राखेका सरसामान, बोर्ड, निर्माण सामग्री हटाउन थालिएको नगरपालिकाले जनाएको छ ।
महेन्द्रनगरलाई व्यवस्थित बनाउन एडिबीको आर्थिक सहयोगमा निर्माणाधीन संरचनाहरू अन्तर्गत बनेको फुटपाथमा व्यापारीहरूले आफ्ना सामग्री राख्दा फुटपाथमा हिँड्न असहज हुनुका साथै सडक दुर्घटनाको जोखिम समेत बढेकोले व्यापारीहरूलाई पूर्व सूचना गरी हटाउन लगाइएको नगरपालिकाको दाबी छ । व्यापारीहरूले अटेरी गरेपछि नगरपालिका आफैँले ती सामग्रीहरू उठाउन बाध्य भएको बताइएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया