Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० पुष २५ गते बुधबार

दोधारा चाँदनी– ६ वडा अध्यक्ष बस्नेतले गरे बृद्ध बृद्धालाई सम्मान सहित न्यानो कपडा वितरण

दोधारा चाँदनीका वडा अध्यक्ष ओंम बस्नेतले बृद्धबृद्धालाई सम्मान तथा न्यायो कपडा बितरण गरेका छन् । दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले वडाका ७० वर्ष देखि माथी उमेरका बृद्धबृद्धालाई सम्मान तथा न्यानो ब्लाङ्केट वितरण गरेका छन् । वडामा बसोबास गर्ने ४१ जना बृद्धबृद्धालाई सम्मान तथा जाँडोबाट बच्न न्यानो ब्लाङ्केट वितरण गरेका हुन् ।

आज वडा कार्यालयमा एक कार्यक्रमको बिच बृद्ध बृद्धालाई सम्मान तथा जाँडोबाट बच्न न्यानो ब्लाङ्केट वितरण गरिएको वडाध्यक्ष ओंम बस्नेतले जानकारी दिएका छन् । जेष्ठ नागरिकलाई सम्मान गर्दै वडाध्यक्ष ओंम बस्नेतले बृद्धबृद्धा सबैको सम्मानित ब्यक्तित्व भएको बताएका छन् । बृद्धबृद्धाहरु संग धेरै पहिले देखिको बिकास निर्माण लगाएत अन्य क्षेत्रको पनि अनुभव भएको भन्दै उनीहरुको अनुभवबाट नयाँ पुस्ताले सिक्नुपर्ने वडाध्यक्ष बस्नेतले बताएका छन् । उनले चिसोको समय भएकाले स्वास्थ्यको ख्याल गर्न बृद्धबृद्धाहरु आग्रह समेत गरेका छन् । चिसो समयमा खानपानमा समेत बिशेष ध्यान दिन र परिवारका सदस्यले बिशेष ख्याल र स्याहार सुसारमा ध्यान दिन आग्रह उनको छ् ।

वडालाई नमुना वडा बनाउने आफ्नो चाहाना रहेको बताउदै वडालाई समृद्ध बनाउन सबैको सहयोग आवश्यक रहेको वडाध्यक्ष ओंम बस्नेतले कार्यक्रममा बताए । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम अधिकृत प्रभुनिधी पन्तले वडाको समृद्धि र बिकासको लागि वडाध्यक्ष बस्नेत कटिबद्ध रहेको उल्लेख गर्दै वडालाई सडक संजाल संग जोड्न तथा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गर्दै आएको प्रयास सहनिय रहेको बताएका छन् । चिसो मौसमबाट बच्न बृद्धबृद्धाहरुलाई न्यायो कार्यक्रमको वडा कार्यालय योजनाको प्रशंसा गर्दै आफुले काम गर्ने संस्था नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) बिपद्को क्षेत्रमा काम गर्ने भएको हुदा वडा क्षेत्रमा संस्थाले केही कामहरु अघि बढाउदै आएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम अधिकृत प्रभुनिधी पन्तले बताएका छन् । ७० वर्ष भन्दा माथी उमेरका बृद्धबृद्धाहरुलाई सम्मान तथा चिसोबाट बचन न्यानो ब्लाङ्केट बितरण गरेको भन्दै वडाका जनप्रतिनिधीहरुलाई स्थानियहरुले धन्यबाद दिएका छन् । बृद्धबृद्धालाई सम्मान तथा न्यानो ब्लाङ्केट वितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेत, वडा सदस्य सपना राना, गणेश बहादुर मगर, टोप बहादुर शाही, वडा कार्यालयका सचिव माहेन सुनार, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम अधिकृत प्रभुनिधी पन्त लगाएत बृद्धबृद्धा तथा स्थानियहरुको बाक्लो सहभागिता रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>