Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष २७ गते शुक्रबार

दोधारा चाँदनीमा महिलाहरुलाई सिप सिकाउदै वडा कार्यालय

दोधारा चाँदनीमा एक महिने माला पोते बनाउने तालिम संचालन भएको छ् । दोधारा चाँदनी नगरपालिका– ६ मा एक महिने माला पोते बनाउने संचालन भएको दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले जानकारी दिएका छन् । व्यवसायिक एवम् सीप विकास तालिम केन्द्र कञ्चनपुर तथा दोधारा चाँदनी नगरपालिका– ६ वडा कार्यालयको सयुक्त सहकार्यमा वडामा रहेका महिलाहरुलाई स्वरोजगार बनाउन एक महिने माला पोते बनाउने तालिम संचालन गरिएको वडाध्यक्ष ओंम बस्नेतले बताएका छन् । वडाका सबै टोल, बस्तीलाई समेट्ने गरि महिलाहरुलाई तालिममा सहभागी गराईएको छ् ।

तालिममा २० जना महिलाहरुको सभागीता रहेको छ् । महिलाहरु आर्थिक रुपमा कमजोर हुदा पछाडी परेकाले तालिमको आयोजना गरिएको वडाध्यक्ष बस्नेतले बताएका छन् । सहभागीहरुले आफुहरु तालिममा सहभागि हुन पाउदा खुसी लागेको बताउदै अब आफ्नो घर खर्चको लागि कोही संग हात फैलाउन नपर्ने बताएका छन् । तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्न सके महिलाहरु आर्थिक रुपमा समेत बलियो बन्ने दोधारा चाँदनी नगरपालिका– ६ वडा कार्यालयका सचिव मोहन सुनारको भनाई रहेको छ् ।

यस्तै प्रकारको तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउन समेत सहयोग पुग्ने वडा सचिव सुनारले बताए । वडा कार्यालयको एक कक्षमा संचालन गरिएको तालिमका प्रशिक्षक ज्योती केसी तिवारी रहेका छन् । तालिमले घरको चुलो चौकोमा सिमित रहेका महिलाहरुलाई व्यवसायनै सञ्चालन गरी आर्थिक रुपमा सबल र सक्षम बनाउन महत्वपूर्ण टेवा पुग्ने बताईएको छ्

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>