Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० पुष २७ गते शुक्रबार

माघेसंक्रान्तिमा देशैभरिका पालिकालाई पर्शुराममा निमन्त्रणामा

माघेसंक्रान्तिका अवसरमा डडेल्धुराको परशुरामधाममा आयोजना हुने पर्वमा सहभागी हुन सुदुरपश्चिम प्रदेशका सांसद र देशभरका पालिका प्रमुखलाई निम्तो दिइएको छ ।

डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले माघ १ गते परशुरामधाममा हुने पर्वमा सहभागिताका लागि सुदूरपश्चिम प्रदेशका सांसद र देशभरका पालिका प्रमुखलाई निमन्त्रणा गरेका हुन् ।
मकर संक्रान्ति पर्व परशुराम नगरपालिका वडा नं. ५ महाकालीनदीको किनारमा अवस्थित ऐतिहासिक स्थल परशुरामधाममा प्रत्येक वर्ष महास्नान, भजनकीर्तनलगायत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइने गरिन्छ ।

मेयर जोशीले  सुदूरपश्चिम प्रदेशका सांसद र पालिबम प्रमुखलाई निमन्त्रणा पठाउँदै पर्वमा सहभागिताका लागि आग्रह गरेका हुन् । ‘यस पर्व मनाउन सहभागी भइदिनहुनुका साथै यहाँको धार्मिक, सांस्कृतिक पक्षको प्रचारप्रसार तथा संरक्षण र विकासमा योगदान गरिदिनहुन परशुराम नगरपालिकाकातर्फबाट हार्दिक निमन्त्रणा गर्दछु,’ पत्रमा लेखिएको छ ।

नेपालभारतको सीमामा रहेको श्यामा (महाकाली) र ऐला (रंगुन) नदीको संगममा अवस्थित भृगुवंशी महर्षि जमदग्नी र रेणु पुत्रका भगवान परशुरामले तपस्या गरेको स्कन्द पुराणमा उल्लेख छ ।
स्कन्द पुराणका अनुसार परशुरामधाममा स्नानको ठूलो महत्व हुन्छ । महाकाली नदीमा स्नान गर्दा गंगा स्नानको समान पूण्य प्राप्त हुने पौरााणिक मान्यता रहेको र माघ स्नानको ठूलो महत्व छ ।

‘स्कन्द पुराणका अनुसार तीनै लोकमा अति नै पवित्र मानिएको धार्मिक स्थल परशुरामधाममा स्वागत गर्न तत्पर छु,’ मेयर जोशीले भने । उनका अनुसार परशुरामधाममा माघेसंक्रान्तिको तयारी तीव्र बनाइएको छ । माघेसंक्रान्तिका दिन परशुरामधाममा ठूलो संख्यामा भक्तालुको उपस्थिति हुने गरेको छ ।

नगरपालिका, स्थानीयवासी र सुरक्षाकर्मीहरुको सहयोगमा पर्व हुने स्थानको सरसफाइलगायतका काम भइरहेको मेयर जोशीले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>