Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० पुष २७ गते शुक्रबार

वेदकाेटकाे नगरकाे १४ औं अधिवेशन सम्पन्न, यस्ता छन निर्णय ।

बेदकोट नगरपालिकाको १४ औं नगर सभा तथा हिउँदे अधिवेशन बिहीबार सकिएको छ । नगर सभाबाट विभिन्न कानुन पारित गर्दै अधिवेशन सम्पन्न भएकाे हाे । बेदकोट नगर कार्यापालिकाका थुप्रै निर्णयहरू समेत अधिवेशनमा नगर सभाबाट अनुमोदन गरिएकाे नगरपालिकाले जनाएकाे छ ।

नगर सभाबाट सडक, पुल, तटबन्ध निर्माण लगायतका ठूलो लगानीका योजना निर्माणका लागि संघीय सरकारसंग माग गरिएको नगरपालिकाले जनाएकाे छ ।

यस्तै विद्यालय भवनमा साझेदारी र सुरक्षित मातृत्व तथा प्रजनन स्वस्थ्यको अधिकार व्यवस्था गर्न बनेको विधेयक २०८० सार्वजनिक निजि साझेदारी विधेयक २०८० पारित गरिएका छन् ।

नगर सभाबाट दैजी जोगबुडा सडक, सुडा–मुसेपानी– गैरखान सडक निर्माण कार्य सम्पन्न गर्न सुदूरपश्चिम प्रदेश सरकारसंग पहल गर्ने निर्णय गरिएको छ ।

बेदकोटका मेयर भोजराज बोहराको अध्यक्षतमा नगर सभा गरिएको छ । यस्तै, बेदकोट नगरपालिकाकाले भीमदत्त नगरपालिका ६ नम्बरका वडा अध्यक्ष महेन्द्र खड्काको निधनमा शोक मनाएको छ ।

बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले वडा अध्यक्षको खड्कालाई श्रद्धाञ्जली दिएर परिवारमा समवेदना दिएका छन् । बेदकोट नगरपालिकाको १४ औं नगर सभामा स्वर्गिय खड्काप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मौन धारण गरिएको थियाे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>