सुदूरपश्चिम प्रदेशमा रहेका यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई मध्यनजर गर्दै धनगढीमा मनोसामाजिक परामर्श तालीम सम्पन्न भएको छ।
शुक्रबार एक कार्यक्रमका साथ एकता नेपाल धनगढीको आयोजनामा होटेल बसेरा धनगढीको सभाहलमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका व्यक्तिहरू लाई एक दिने मनोसामाजीक परामर्श सम्बन्धि तालिम दिएको एकता नेपालका संयोजक राज चौधरीले बताउनु भयो।
सुदूरपश्चिम प्रदेशका यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय लाई मध्यनजर गर्दै उनिहरु लाई कसरी आत्मानिर्भरता हुने र समाजमा खोप्नु परेका समस्यालाई कसरी आत्मसात गर्दै अगाडि बढ्ने भन्ने उद्देश्यका साथ सुदूरपश्चिम प्रदेशका अल्पसंख्यक समुदायका ३५ जना लाई एक दिने परामर्श तालिमको दिएको हो।
परामर्श तालिम टिपिओ नेपालकि काउन्सिलर कमला बुढाथोकीले सहजीकरण गर्नु भएक थियो। जसमा उनले मन र मस्तिष्क बिचको अन्तक्रिर्या लगायतका बारेमा परामर्श दिनु भएको थियो।यसैगरी सुदूरपश्चिम प्रदेशका यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय अधिकारकर्मी एंव सुदूरपश्चिम समाजका धनगढीका कार्यक्रम संयोजक राजु लामाले पनि मनोसामाजिक परामर्श बारेमा प्रस्तुतीकरण दिनु भएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य एकता नेपालकि परामर्शकर्ता ( काउन्सिलर) कृति चौधरीले राख्दै सहभागी सबैलाई स्वागत समेत गर्नु भएको थियो। जसमा एकता नेपालका अध्यक्ष सन्दीप भुजेल लगायत पदाधिकारीको उपस्थिति रहेको थियो।
याे समुदायको व्यित्तहरु लाई परिवार समाजमा विभिन्न लाञ्छना तथा विभेद का कारणले मानसिक समस्या भाेग्नु परेकाे छ र धेरै जना व्यत्तिहरुले आत्महत्या काे प्रयास समेत गरेकाे संयोजक राज चौधरीले बताए। उनले भने, याे समुदायमा मनाेसामाजिक समस्या जटिल बन्दै गएकाे अवस्था रहेको छ।
आगामी दिनमा यसको रोकथामका लागि सबै तहका निकायको ध्यानाकर्षण हुन जरुरी रहेको छ। परामर्श तालिम पाउदा सहभागी सबैले आफ्नो लागि केही सहजता हुने समेत बताए। उनिहरु ले आगामी दिनमा पनि यस्ता किसिमका कार्यक्रमको आयोजना गर्नु हुने समेत अपेक्षा राखेका छौँ । सहभागीले भन्नू भयो।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया