Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० पुष २७ गते शुक्रबार

कृष्णपुरकाे सामुदायिक बनमा काचै सालका रुख काटिए
फायल फाेटाे

कञ्चनपुरमा काठ तस्करी भएको छ। कृष्णपुर नगरपालिका–२ बाणीस्थित गडबिजुला सामुदायिक वनमा काँचा सालका खडा रुख कटानी गरी तस्करी गरेको पाइएको छ।

सामुदायिक वनमा तीन सालका रुख कटानी गरी तस्करी गरेको पाइएको उक्त सामुदायिक वनका अध्यक्ष धनीराम चौधरीले बताए। वन गस्तीमा जाने क्रममा तस्करले मेसिनको प्रयोग गरी सालका रुख कटानी गरी लगेकोे पाइएको चौधरीले बताए। दिउँसो मात्रै वनमा हेरालुको व्यवस्था रहेको जनाउँदै उनले राति वन गस्तीका लागि हेरालु राख्न नसक्दा रुख तस्करी हुन थालेको बताए।

‘पूर्व पश्चिम राजमार्गमा राखिएका सिसिटिभी क्यामेरामा गुलरियातर्फबाट दुई ट्राक्टर वनतर्फ आएको देखिन्छ, तीन घण्टापछि ट्रलीमा काठ छोपेर लगेको देखिन्छ’, उनले भने, ‘त्यसकै आधारमा अनुसन्धान अगाडि बढाइएको छ।’ सालका रुख कटानी भएको देखिएपछि सब डिभिजन वन कार्यालय बाणीलाई खबर गरिएको छ। सब डिभिजन वन कार्यालयका प्रमुख अमर धामीले अनुसन्धानमा काठ कटानी गरी तस्करी गर्ने शङ्कास्पद व्यक्ति नजिक पुग्ने बलियो आधार भएको बताए। ‘जोसुकै भए पनि छाड्दैनौँ’, उनले भने, ‘तस्करलाई छिट्टै पक्राउ गछौँ।’

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>