Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० पुष २८ गते शनिबार

कंचनपुरमा लाेकतान्त्रिक थारु संघकाे यस्ताे बन्याे कमिटि

नेपाल एमाले निकट नेपाल लोकतान्त्रिक थारु संघको कञ्चनपुर प्रथम जिल्ला अधिवेशन भएको छ । नेपाल लोकतान्त्रिक थारु संघका प्रदेश उपाध्यक्ष शिवराज रानाको अध्यक्षता तथा नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको प्रमुख आतिथ्यमा शुक्रबार बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा जिल्ला अधिवेशन आयोजना गरिएको हो । अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पार्टीका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, पोलिटब्युरो सदस्य नारदमुनि राना, केन्द्रीय सदस्य कृपाराम राना लगायतका नेताहरूले पार्टीलाई मजबुत बनाउन सबैले आआफ्नो क्षेत्रबाट थप क्रियाशील हुनुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा केन्द्रीय सल्लाहकार परिषद् सदस्यद्वय होरीलाल चौधरी र यज्ञ कँडेल सहित पार्टी तथा जनवर्गीय सङ्गठनका विभिन्न तहका नेताहरूको सहभागिता रहेको थियो । उद्घाटन सत्रको सहजीकरण नेपाल लोकतान्त्रिक थारु संघका प्रदेश सचिव लक्ष्मण रानाले गर्नुभएको थियो ।

नेपाल लोकतान्त्रिक थारु संघका केन्द्रीय उपाध्यक्ष एवं पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य होरीलाल चौधरीको संयोजकत्व तथा पार्टीका केन्द्रीय सदस्य कृपाराम रानाको प्रमुख आतिथ्यतामा शुक्रबार साँझ आयोजित बन्द सत्रबाट कञ्चनपुर जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ । बन्द सत्रबाट जिल्ला अध्यक्षमा जवाहरलाल राना (बेलौरी), उपाध्यक्षमा मुखलाल राना (लालझाडी) र कमली चौधरी (बेलौरी), सचिवमा अंजना चौधरी (शुक्लाफाँटा), कोषाध्यक्षमा चामुलाल चौधरी (कृष्णपुर), सहसचिवमा राजेश राना (लालझाडी) र शुक्रराज राना (बेलौरी) चयन हुनु भएको छ । त्यस्तै दिलकुमार चौधरी (कृष्णपुर), भोदुराम डगौरा (शुक्लाफाँटा), विश्राम चौधरी (बेलडाँडी), कन्या राना (बेलडाँडी), मंगा राना (वेदकोट), मिस्रीलाल राना (बेलौरी) र दुर्गा चौधरी (भीमदत्त) लाई सदस्यमा चयन गरिएको अध्यक्ष मण्डलका सदस्य कमलसिंह रानाले बताउनु भएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>