Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० पुष २८ गते शनिबार

दोधारा चाँदनीमा शारिरिक अपांगता भएकाहरुलाई ३ दिने नमकिन बनाउने तालिम

शारीरिक अपांगताका कारण हिडडुल गर्दा हुने समस्याबाट पीडित दोधारा चाँदनी नगरपालिका– १० का मिना सुनार घरमै बसीबसी पैसा कमाउन सकिने नमकिन तालिम लिन पाएपछि यतिखेर दंग छिन् । अपांगता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउनका लागि प्रदान गरिएको नमकिन बनाउने तालिम पाएपछि मिना आज देखि तालिममा सहभागी हुन पाएको खुशी हुदै राज्यले सहयोग गरेको बताएका छन् ।

दोधारा चाँदनी नगरपालिका– १० वडा कार्यालयले आज देखि शारिरिक अपांगता भएका ब्यक्तीहरुलाई तिन दिने नमकिन बनाउने तालिम सुरु गरेको छ् । वडा क्षेत्रमा रहेका ८० जना शारिरिक अपांगता भएका ब्यक्तीहर मध्य छनौट गरि १० जनालाई तालिममा सहभागी गराईएको अपांग संघ सहयोग समिति दोधारा चाँदनी– १० का संयोजक हितेन्द्र सुनारले जानकारी दिएका छन् । आज एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले ३ दिने नमकिन बनाउने तालिमको समउद्धघाटन गरेका छन् । उद्धघाटन सत्रमा वडाध्यक्ष चन्द्र बहादुर सिंह, वडा सदस्य वडा सदस्य पिंकी रावत, बब्ली सुनार, महाविर रोकाया, धन बहादुर थापा, दोधारा चाँदनी नगरपालिकाका कर्मचारी राजु गुरुङ्ग लगाएत तालिमका सहभागी तथा प्रशिक्षक हितेन्द्र सुनारको उपस्थिती रहेको थियो ।

सिकेको सीप अनुसार काम गरेमा अहिले सिकेको सीप जिवनको सहारा बन्ने सहभागीहरुले बताएका छन् । दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले सीप सिकेर व्यवहारमा लगाएमा मात्रै सार्थक हुने भएकोले तालिमपछि व्यावसायिक रुपका सिकेको सीप सम्बन्धी काम गर्न आग्रह गरेका छन् । ‘हामी अपांगता भएकाहरुले गरेका कामको सधैं प्रोत्साहन गर्छौ’ वडाध्यक्ष सिंहले भने–‘हजुरहरुले उत्पादन गरेको बजारिकणको जिम्मा हाम्रो हो ।’ परिणाममुखी उत्पादनमा जोड दिन सहभागीहरुलाई वडाध्यक्षले अनुरोध गरेका छन् । व्यावसायिक रुपमा काम अघि बढाएमा आफूहरुले हौसला स्वरुप सहयोग गर्ने वडा सदस्यहरुले बताएका छन् । शारिरिक अपांगता भएकाहरुले पनि कसैको भर नपरेर घरमै बसीबसी ब्यवसाय गर्नेलाई वडा कार्यालय सधै सहयोग गर्ने जनप्रतिनिधीहरुले बताएका छन् । वडा कार्यालयले शारिरिक अपांगता भएकाहरुलाई आत्मनिर्भर बनाउन गरेको कदमको सबैले सहना गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>