Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० माघ ०१ गते सोमबार

चिसो बढेपछि दोधारा चाँदनीका उपमेयर जोशी र सामुदायिक बनको सहकार्यमा दाउरा वितरण

केही दिन यता चिसो बढे संगै दोधारा चाँदनी नगरपालिका क्षेत्रमा पनि जनजीवन प्रभावित बनेको छ् । बाक्लो हुस्सु संगै घाम नलाग्दा चिसोले दैनिक जीवन कष्टकर बन्दै गएको छ् ।

नागरिकलाई चिसो बाट जोगाउन मायापुरी मध्यवर्ती सामुदायिक बन, गौरी शंकर माध्यवर्ती सामुदायिक बन सित दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले सहकार्य गरि दोधारा चाँदनी नगरपालिकाका मुख्य चोक तथा बजार क्षेत्रमा दाउरा बितरण गरेका छन् ।

दोधारा चाँदनी नगरपालिकाका मुख्य बजार क्षेत्र चाँदनी बजार, बाबाथान बजार, आमभोज बजार, माननिय चौक, चक्की बजार क्षेत्र तथा सार्वजनिक स्थान लगाएत प्रहरी कार्यालयमा आगो ताप्नका लागि दाउरा वितरण गरिएको दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले बताएका छन् । ‘शितलहर चल्ने लगाएत मौसम प्रतिकुल हुन थालेपछि दैनिक जिवन यापनमा समस्या उत्पन्न हुन थालेपछि सामुदायिक बन संग सहकार्य गरि सार्वजनिक स्थानहरुमा दाउरा बितरण गरिएको छ्’ दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले भने । सामुदायिक बनमा भएका रुखका सडेगलेका जरा उप्काएर दाउरा वितरण सुरु गरिएको हो ।

मुलत : चिसोबाट विपन्न समुदायमा कहिकतै घटना नहोस् भन्ने हेतुलेनै दाउरा वितरण सुरु गरिएको उपमेयर जोशीले बताएका छन् । मायापुरी मध्यवर्ती सामुदायिक बन दोधारा चाँदनीका अध्यक्ष लोक बहादुर चन्दले नगरपालिका कार्याल संग सहकार्य गरि बन क्षेत्रमा सडेगलेका रुखका जडाहरु उप्काएर सार्वजनिक स्थानहरुमा आगो ताप्न दाउरा बितरण गरिएको बताएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>