Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ ०१ गते सोमबार

शारिरिक अपांगता भएकाहरु ब्यक्तीहरुलाई संचालित नमकिन बनाउने तालिम सम्पन्न

शारीरिक अपांगताका कारण हिडडुल गर्दा हुने समस्याबाट पीडितहरुको लागी संचालनमा आएको नमकिन बनाउने तालिम सम्पन्न भएको छ् ।

दोधारा चाँदनी नगरपालिका– १० वडा कार्यालयको आयोजनामा संचालनमा रहेको ३ तिन दिने नमकिन बनाउने तालिम  आज सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।

वडा क्षेत्रमा रहेका ८० जना शारिरिक अपांगता भएका ब्यक्तीरु मध्य छनौट गरि १० जनालाई तालिममा सहभागी गराईएको वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताएका छन् । तिन दिने नमकिन बनाउने तालिमको समापन सत्रमा वडाध्यक्ष चन्द्र बहादुर सिंह, वडा सदस्य वडा सदस्य पिंकी रावत, बब्ली सुनार, महाविर रोकाया, धन बहादुर थापा, दोधारा चाँदनी नगरपालिकाका कर्मचारी राजु गुरुङ्ग लगाएत तालिमका सहभागी तथा प्रशिक्षक हितेन्द्र सुनारको उपस्थिती रहेका थिए । सिकेको सीपलाई व्यहारमा ल्याएर सिकेका सिप जिवनको सहारा बन्नेमा वडा कार्यालयले बिश्वास लिएको छ् ।

वडाध्यक्ष चन्द्र बहादुर सिंहले सीप सिकेर व्यवहारमा लगाएमा मात्रै सार्थक हुने भएकोले तालिमपछि व्यावसायिक रुपका सिकेको सीप सम्बन्धी काम गर्न आग्रह गरेका छन् । ‘हामी अपांगता भएकाहरुले गरेका कामको सधैं प्रोत्साहन गर्छौ’ वडाध्यक्ष सिंहले भने–‘हजुरहरुले उत्पादन गरेको बजारिकणको जिम्मा हाम्रो हो ।’ परिणाममुखी उत्पादनमा जोड दिन सहभागीहरुलाई वडाध्यक्षले अनुरोध गरेका छन् । आगामी दिनहरुमा पनि शारिरिक अपांगता भएका ब्यक्तीहरुलाई वडाल कार्यालयले बिभिन्न प्रकारको जिवन यापन गर्ने प्रकार सिप तथा सहयोग गर्दै जाने वडाध्यक्ष सिंहले बताएका छन् । आफुले सिकेका सिपलाई व्यहारमा ल्याउने तालिमका सहभागीहरुले प्रतिबद्धता जाहेर गरेका छन् । वडा कार्यालयले शारिरिक अपांगता भएकाहरुलाई आत्मनिर्भर बनाउन गरेको कदमको सबैले सहना गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>