Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० माघ ०३ गते बुधबार

कंचन दर्पण बिमाेचन

जिल्ला समन्वय समिति कञ्चनपुरले आफ्नो मुख पत्र पत्रिका कञ्चन दर्पण प्रकाशनमा ल्याएको छ । वार्षिक रुपमा प्रकाशित हुने उक्त पत्रिकाको प्रथम संस्करणको आज एक कार्यक्रम विच विमोचन गरिएको हो । कञ्चन दर्पणमा जिल्लाको भौगोलिक, साँस्कृतिक, आर्थिक तथा राजनीतिक अवस्थाका बारेमा प्रकाश पारिएको छ । साथै उक्त पत्रिकामा जिल्लाका ९ वटा स्थानिय तहमा रहेका विभिन्न धार्मिक तथा पर्यटकिय स्थलहरुको बारेमा उल्लेख गरिएको छ ।

‘आउदो दिनमा यस पुस्तकलाई अझै विस्तृत रुपमा यहाँका धार्मिक, साँस्कृतिक तथा छुटेका कुराहरुलाई समेटर राख्ने जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहराले बताए । उनले भने ‘यो कञ्चन दर्पण पहिलो संस्करण र सुरुवात भएको छ । यसमा धेरै कमी कमजोरी होलान आँउदा दिनमा यसलाई यहाँको भौगोलिक राजनैतिक देखि लिएर पर्यटकिय र धार्मिक स्थलका बारेमा समेत प्रकाशित गरी प्रचार प्रसार गर्नेछौं ।’ नेपाली काग्रेसका प्रमुख सचेतक तथा कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य रमेश लेखकले यस पत्रिकाले जिल्ला समन्वय समिति कञ्चनपुरको वार्षिक गतिविधि बारे समेत जानकारी दिने बताए ।

उक्त पुस्तक विमोचन कार्यक्रममा जिल्ला समन्वय समित कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको सभापतित्व रहेको थियो । प्रमुख अतिथी नेपाली काग्रेसका प्रमुख सचेतक, तथा कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य रमेश लेखकको प्रमुख आतिथ्य रहेका थियो । विशिष्ट अतिथीमा प्रदेश सभा सदस्य बेल बहादुर राना, प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, विभिन्न नगरपालिका नगर प्रमुख तथा उप–प्रमुख रहेका थिए । कार्यक्रम सञ्चालन निमित्त कार्यालय प्रमुख पदम राज जोशीले गर्नु भएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>