Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० माघ ०३ गते बुधबार

कृष्णपुरमा सचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न

खडक ब. काेली-

मानव बेचबिखन र बाल श्रमशोषण बिरुद्ध रिपोर्टिगं केसहरुको लागी बिद्यालयमा अध्ययनरत किशोर किशोरीहरुका लागि बुधबार कृष्णपुर नगरपालिकाका दुई ओटा बिद्यालयमा “सचेतना अभिबृद्धि कार्यक्रम” सम्पन्न भएको छ ।

आफन्त नेपालको आयोजनामा श्री नन्द माध्यमिक बिद्यालय भुली र श्री कृष्ण माध्यमिक बिद्यालय गुलरियामा कक्षा दशमा अध्ययनरत किशोर किशोरी बिद्यार्थिहरुलाई मानव बेचबिखन र बाल श्रमशोषण बिरुद्ध सचेतना अभिबृद्धि कार्यक्रम गरीएको हो । 

किशोर–किशोरी विद्यार्थीहरूलाई मानव बेचबिखन, ओसारपसार र बाल श्रम शोषण लगायतका विषयवस्तुहरूमा सचेत गराई बालश्रम तथा बेचबिखनको जोखिमबाट जोगाउने  तथा विद्यार्थीहरूलाई मानव बेचबिखन, ओसारपसार र बाल श्रम शोषणका रिपोर्टिङ संयन्त्र र तत सम्बन्धि संस्थाहरु बारे जानकारी दिने  उद्धेश्यले  सचेतना अभिबृद्धि कार्यक्रम आयोजना गरीएको आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले बताए ।

कार्यक्रममा बालश्रम, बालश्रमशोषण, स्थानागमन, बालश्रम र स्थानागमनको अन्तर सम्वन्ध, मानव बेचबिखन र ओसारपसार, मानव बेचबिखनका स्वरुप, मानव बेचबिखनका उद्धेश्य, मानव बेचबिखनका कारणहरु, मानव बेचबिखन तथा ओसारपसारबाट बाट जोगिने उपायहरु, मानव बेचबिखनमा परेमा के गर्ने, मानव बेचबिखन बिरुद्धका अपराध र सजायको ब्यवस्था, मानव बेचबिखनका परम्परागत प्रबृति र नयाँ प्रबृतिहरु, मानव बेचबिखन कसरी हुन्छ,  बालश्रम र मानव बेचबिखनको जोखिम भएमा, जोखिममा परेमा रिपोर्टिंग गर्ने सयन्त्र र ततसम्वन्धी संस्थाहरुको  बारेमा जानकारी प्रदान गरिएको सचेतना अभिबृद्धि कार्यक्रमका एक सहजकर्ता गणेशराम एसके ले बताए ।  

दुवै बिद्यालयको सचेतना अभिबृद्धि कार्यक्रममा आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीका अतिरिक्त श्री नन्द माध्यमिक बिद्यालय भुलीमा श्री सरस्वती माध्यमिक बिद्यालय बाणीका शिक्षक गणेशराम एसके र श्री कृष्ण माध्यमिक बिद्यालय गुलरियामा श्री उदय माध्यमिक बिद्यालय बंकका शिक्षक कृष्णा भट्ट सहजकर्ता रहेका थिए ।    
कायक्रममा, श्री नन्द माध्यमिक विद्यालय भुलीमा ६३ जना र श्री कृष्ण माध्यमिक  बिद्यालय गुलरियामा ७५ जना  बिद्यार्थिहरुको सहभागिता रहेका थियो ।
युनिसेफ नेपाल को आर्थिक सहयोग तथा एटविन संगको सहकार्यमा आफन्त नेपालले सञ्चालन गरिरहेको बाल श्रम शोषण रोकथामः स्थानागमन तथा मानव बेचबिखन विरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण परियोजना  अन्तरगत कार्यक्रम आयोजना गरिएको हो ।

आफन्त नेपालले बालश्रम शोषण रोकथामः स्थानागमन तथा मानव बेचबिखन विरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण परियोजना भिमदत्त नगरपालिका, कृष्णपुर नगरपालिका र गोदावरी नगरपालिकामा सञ्चालन गरिरहेको कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>