Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ ०४ गते बिहिबार

दोधारा चाँदनीमा गुडिया बनाउने तालिम सुरु, उपमेयर जोशीले गरे तालिमको उद्धघाटन

दोधारा चाँदनीमा एक हप्ते गुडिया बनाउने तालिम सुरु भएको छ् । दोधारा चाँदनी नगरपालिका– १० मा महिलाहरुको लागी एक हप्ते गुडिया बनाउने तालिम संचालन भएको दोधारा चाँदनी नगरपालिका कार्यालय लद्यु उद्यम बिकास शाखाका सहजकर्ता जयन्ती भट्टले जानकारी दिएका छन् ।

आज एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले विधिवतरुपमा तालिमको समउद्धघाटन गरेका छन् । तालिममा वडा क्षेत्रमा रहेका ३५ जना महिलाहरुको सहभागिता रहेको छ् ।

गुडिया बनाउने तालिमको उद्धघाटन गर्दै दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले महिलाहरुको ब्यक्तित्व विकास हुनुका साथै जिविकोपार्जनको पनि बाटो खुल्ने बताउदै आजको युगमा किशोरीहरुलाई पनि विभिन्न तालिमहरुमा सहभागी गराई अगाडी बढाउन पर्ने जरुरी रहेको बताएका छन् ।

सात दिने गुडिया बनाउने तालिमबाट महिलाहरुले सिकेको सीप ब्यवहारिक जिवनमा अपनाई जिविकोपार्जन गर्न सक्ने क्षमताको विकास हुने भएको हुदा तालिममा सबै सहभागीहरुले उत्साहपुर्वक सहभागी हुन समेत उनले अनुरोध गरेका छन् ।

महिलाहरुले सीप सिकेर आफू स्वंयम रोजगारमुखि बन्न सक्ने तालिमले अवसर समेत प्राप्त गरेको उपमेयर जोशीको भनाई रहेको छ् । उनले ग्रामिण क्षेत्रका महिलाहरुलाई समाजको हरेक काममा सहभागी गराउने र उनिहरुको आर्थिक अवस्था माथी उकास्न आफू र वडाले सधै साथ सहयोग गर्ने बताएका छन् ।

महिलाहरुको लागी तालिम निकै प्रभावकारी भएको बताउदै तालिममा सिकेका कुरालाई व्यवहारमा उतारेर अगाडी बढाउदै गएमा महिला दिदी, बहिनीहरु आर्थिक रुपमा सक्षम हुने दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले बिश्वास ब्यक्त गरेका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालय लद्यु उद्यम बिकास शाखाका सहजकर्ता जयन्ती भट्टले तालिमबाट सीप सिकर महिलाहरुलाई आर्थिक रुपमा शसक्त हुने सहयोग पुग्ने बताए । तालिममा सिकेको सीप व्यवहारमा उतारेर तालिमको सही प्रयोग गर्न सहभागीहरुमा उनले अनुरोध गरेका छन् ।

एक हप्ते गुडिया बनाउने तालिमको उद्धघाटन सत्रमा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी, दोधारा चाँदनी नगरपालिका कार्यालय लद्यु उद्यम बिकास शाखाका सहजकर्ता जयन्ती भट्ट, दोधारा चँदनी नगरपालिका– १० का वडा सचिव चन्द्र बहादुर चौधरी, तालिमका प्रशिक्षक छाया चन्द लगाएत तालिमका सहभागीहरुको उपस्थिती रहेको थियो 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>