Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० माघ ०४ गते बिहिबार

वाणीमा माघी विशेष साँस्कृतिक कार्यक्रम एव कृषि जैविक विविधता प्रर्दशनी आज हुदै

कञ्चनपुरको वाणीमा माघी विशेष साँस्कृतिक कार्यक्रम एव कृषि जैविक विविधता प्रर्दशनी कार्यक्तम हुन लागेको छ ।

कृष्णपुर नगरपालिका २ नम्बर वडाको सहयोगमा भलमन्सा समाजले आजठ वाणि खुला मञ्चमा माघी विशेष साँस्कृतिक कार्यक्रम एव कृषि जैविक विविधता प्रर्दशनी कार्यक्तम हुन लागेको हो ।

भलमन्सा समाज कृष्णपुर २ सञ्जालका अध्यक्ष अमर चौधरीले वडा कार्यालय सहित कृषि, ज्ञान केन्द्र, जय फुलवारी कृषि सहकारी संस्था लि. लिवर्ड सक्षम परियोजनाको सहयोगमा कृषि प्रर्दशनीका साथै थारु समुदायको साँस्कृति कार्यक्रम हुने बताए । उनका अनुसार एक दिने उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

कृष्णपुर नगरपालिका २ नम्बर वडाको विशेष आयोजनामा उक्त कार्यक्रम गर्न सफल भएको उनले बताए । थारु समुदायको माघी पर्व नयाँ बर्षकै रुपमा मनाउने भएकाले वडाध्यक्ष अर्जुन सिह साउदले वडाभरीका भलमन्सा समुदायसंग सामुहिक छलफल गरेर उक्त कार्यक्रम संचालन गर्न लागेको उनले बताए ।

कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन सिह साउदले पश्चिम नेपालका थारु समुदायको लोक साँस्कृतिक परम्परा, संस्कृति, पहिरन र मौलिक खाने परिकार सरक्षण, प्रर्बद्धन र पुस्तान्तरणका लागि कार्यक्रम गर्न लागेको बताए ।

‘पछिल्ला दिनहरुमा थारु समुदायको मौलिक लोक परम्परा सरक्षणमा चनुौती थपिएको छ, ‘वडाध्यक्ष साउदले भने, ‘हामीले वडाबाट सक्दो सहयोग गरेका छौँ, यसबाट समेत केही प्रर्बद्धन हुने अपेक्षा छ ।’

उक्त कार्यक्रममा थारु समुदायका लोक परम्परात खाने परिकारदेखि साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ । वडाध्यक्ष साउद उक्त माघी विशेष कार्यक्रम थारु समुदायका नयाँ पुस्ताहरुलाई पुराना पुुस्ताहरुले प्रर्बद्धन गर्ने गराउने तर्फ केन्द्रीत रहेको छ ।

कार्यक्रममा भूमि व्यवस्था,कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरी, प्रदेश सभा सदस्य ओम विक्रम भाट, गिता चौधरी, निर्वतमान प्रदेश सभा सदस्य महेश दत्त जोशी, कृष्णपुर नगरका मेयर हेमराज ओझा, उपप्रमुख द्रोपति राना सहितका प्रतिनिधी, थारु सस्कृतका अगुवा सहितहरुलाई आमन्त्रण गरिएको छ । कार्यक्रम दिनभरी संचालन हुने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>