Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० माघ ०४ गते बिहिबार

गाेदावरि नगरपालिका भवन पुरानाे शिलालेख हटाएर पुनः उद्घाटन, भिडियाे सहित ।

कैलालीको गोदावरी नगरपालिकाको प्रशासनिक भवनको पुनःउद्घाटन गरिएको छ। नगर प्रमुख वीरेन्द्र भट्टले नगरपालिकाको नवनिर्मित भवनको बिहिवार उद्घाटन गरेका हुन्।

सङ्घीय सरकार मातहतको क्षेत्रीय सहरी विकास आयोजनाले एसियाली विकास बैँक (एडिबी)को सहुलियत ऋण लगानीमा भवन निर्माण गरेको थियो। क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले १३ करोड ४६ लाख बढीको लागतमा निर्माण गरेको भवन हस्तान्तरण भएपछि नगर प्रमुख भट्टले बिहिवार उद्घाटन गरेका हुन्। पूर्व नगर प्रमुख हरि साउँदले पनि भवनको उद्घाटन गरेका थिए। एमाले पार्टीबाट विजयी जनप्रतिनिधि तथा कार्यकर्ताहरूले  पुनः उद्घाटन गर्न नहुने भन्दै विरोध गरेका थिए। तर, नगर प्रमुख भट्टले विरोधका बिचमा भवनको उद्घाटन गरेका हुन्।

शर्मा एण्ड कम्पनीले २०७६ मंसिर २० गतेदेखि सुरु गरेको भवन निर्माणमा १३ करोड ४६ लाख एक हजार ४३ रुपैयाँ खर्च भएको थियो। भवनको निर्माणको काम २०८० असोज २५ गते निर्माण सम्पन्न भएको थियो। काम पूरा नभएको भवन पूर्व नगर प्रमुख साउँदले २०७८ चैत्र १४ गते उद्घाटन गरेका थिए। नगरपालिकाले सबै काम नवनिर्मित भवनबाट सञ्चालन गर्दै आएको थियो। पूर्व नगर प्रमुख साउँदको नाममा लेखिएको शिलालेख हटाएर नगर प्रमुख भट्टले आफ्नो नामको शिलालेख टाँसेका हुन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>