Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० माघ ०६ गते शनिबार

मानव बेचबिखन नियन्त्रण गर्न प्रतिवद्ध छौं : उपप्रमुख

मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण र बालश्रम रोकथामकालागि भिमदत्त नगरपालिका प्रतिवद्ध रहेको भिमदत्त नगरपालिकाका उप–प्रमुख निलम लेखक जोशीले बताउनु भएको छ ।
सरकारी सरोकारवालाहरु र मानव बेचबिखन तथा बालश्रमशोषण बिरुद्ध कार्यरत संघसंस्थाका पदाधिकारीहरुको सहभागितामा शुक्रबार भिमदत्त नगरपालिकामा आयोजित  ‘मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समिति’ को बैठकमा उक्त कुरा बताउनु भएको हो ।

‘भिमदत्त नगरपालिका मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण र बालश्रम रोकथामकालागि प्रतिवद्ध छ, उहाँले भन्नु भयो, ‘पालिकामा मानव बेचबिखन, ओसारपसार र बालश्रम बिरुद्ध कार्यरत संस्थाहरुसंगको समन्वय र सहकार्यमा हामी मानव बेचबिखन र बालश्रम नियन्त्रण गर्ने छौं, यसकालागि भिमदत्त नगरपालिका प्रतिवद्ध छ’ ।

सिमानाकामा मात्रै निगरानी, सोधपुछ र उद्धार गरेर पुर्ण रुपमा मानव बेचबिखन र ओसारपसार नियन्त्रण गर्न  नसकिने  तर्क गदै, उहाँले भन्नु भयो, ‘संघसंस्थाहरुले बेचबिखन र बालश्रमको जोखिम भएका बस्ती र समुदाय स्तरमा नै मानव बेचबिखन बिरुद्ध जनचेतना अभिबृद्धिका कार्यक्रमहरु गरेर बेचबिखनको जोखिमलाई उल्लेख्य मात्रामा नियन्त्रण गर्न सकिन्छ, त्यसकालागि नगरपालिका संघसंस्था संग सहकार्य गर्न तयार छ,  उनले भनिन, ‘यसकालागि सरोकारवालाहरुसंग छलफल गरेर  आगामी आर्थिक बर्षकालागि पालिकाबाट कार्यक्रम र बजेट बिनियोजन गरिनेछ’ ।   

भिमदत्तनगर पालिकाका उप–प्रमुख तथा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समितिका संयोजक निलम लेखक जोशीको अध्यक्षतामा भएको बैठकमा आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले परियोजना कार्यक्षेत्रमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र बालश्रम रोकथामकालागि आफन्त नेपालले गरिरहेका कार्यक्रमहरु र मानव बेचबिखन तथा ओसार पसार र बालश्रमको अवस्था, चुनौती र समाधानका उपायबारे प्रस्तुती गरेका थिए ।

कार्यक्रममा सहभागि बिभिन्न सरकारी कार्यालय र गैरसरकारी संघसंस्थाका पदाधिकारीहरुले मानव बेचबिखन तथा ओसार पसार जस्तो जघन्य अपराध नियन्त्रण गर्न र बालश्रम रोकथामकालागि सरकारी र गैरसरकारी संघसंस्थाहरु बिच समन्वय र सहकार्य गरी अगाढी बढ्नुपर्ने कुरामा जोड दिएका थिए ।

सहायक महिला बिकास निरिक्षक कलावती कुवँर ले सञ्चालन गरेको कार्यक्रममा, उप–प्रमुख तथा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समितिका संयोजक निलम लेखक जोशी, प्रमुख प्रशासकिय अधिकृत महेश बहादुर बम, चार नम्वर वडाका वडा अध्यक्ष तथा सामाजिक शाँखाका संयोजक सुशिल कुमार भट्ट, जनस्वास्थ्य अधिकृत नरेन्द्रराज जोशी, कानुन अधिकृत बिरेन्द्र बहादुर सिंह, शिक्षा शाँखाका कलावती मिश्र भट्ट, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक हवल्दार भोजसिंह धामी, नेपाल पत्रकार महासंघका अध्यक्ष माधव धामी, माईती नेपालका संयोजक महेश्वरी भट्ट, निड्स नेपालका अञ्जु भट्ट लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>