Samriddhipost
२०८१ मङि्सर ०९ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ ०६ गते शनिबार

पनाति समेत रहेका ८० बर्षिय घामिले गरे अपि हिमालमा बिधिपुर्वक बिवाह

दार्चुलाको अपिहिमाल गाउँपालिकामा यहि माघ ५ गते शुक्रबार (हिजो) रोचक बिहे सम्पन्न भएको छ । अपिहिमाल गाउँपालिका वडा नम्बर ०६ मज्जे बस्ने राइसिंह धामी र बिन्दु धामीको ८० बर्षको उमेरमा सास्कृतिक तथा बैधानिक विवाह सम्पन्न भएको हो ।

पनाती पनातनी समेत पाइसकेका राइसिंह र बिन्दुले गाउँमै बुढेसकालमा धुमधामसंग बिहे गरेका छन् । हिजो बिहे गरेका धामी दम्पत्तीको परिवारमा ३ छोरा बुहारी, ४ छोरी, ५ नाती, ४ नातनी, ३ नातने बुहारी, ४ पनाती र ३ पनातनी गरि जम्मा ३१ जना सदस्य रहेको बेहुला बाजेका नाती नाता पर्ने लोकदर्पण समाचारदाता भगतसिंह मज्यालले बताउनु भयो ।

बेहुला (दुलाहा) राइसिंह धामीलाई ८० वर्ष र बेहुली (दुलही) बिन्दु धामीलाई ७० वर्ष उमेर पुगेको उहाँले बताउनुभयो । दुबै जनाले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका छन् ।

दुलाहा राइसिंहले दुलही बिन्दुलाई सिन्दुर पोते लगाउनुका साथै यज्ञ परिक्रमासहित सबै बिहे विधि पुरा गरेर हिजो घरभित्र सास्कृतिक परम्परासहित भित्र्याउनुभएको हो ।

धामी दम्पत्तीको यो बिहेले सास्कृतिक सन्देश समेत दिएको स्थानीयहरुले बताएका छन् । बिहे र बिहे भोजमा सबै स्थानीय आफन्त, इष्टमित्रहरुले यो उमेरमा बिहे गरिरहेका धामी दम्पत्तीलाई जिस्क्याएर खुबै रमाइलो गरेका थिए । बुढेसकालमा बिहे गर्न पाउदा रमाइलो अनुभुति भएको धामी दम्पत्तीको भनाई छ ।


#८० बर्षियले गरे बिवाह

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>