Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० माघ ०७ गते आइतबार

वडाध्यक्ष बस्नेतको पहल : दोधारा चाँदनी– ६ वडा पक्की सडक सञ्जालमा जोडिदै

दोधारा चाँदनी नगरपालिका– ६ कालागडमा पक्की सडक निमार्ण सुरु गरिएको छ् । संघिय सरकारको कार्यक्रम अनुसार दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतको बिशेष पहलमा वडाको कालागड बस्तीमा पक्की सडक निमार्ण कार्यको थालनी गरिएको छ् ।

६ सय २० मिटर पक्की सडक निमार्ण कार्य सुरु भए संगै स्थानियहरु खुशी भएका छन् । उक्त योजना ल्याउन पहल गर्ने वडाध्यक्ष ओंम बस्नेतलाई स्थानियहरुले धन्यबाद दिदै वर्षायाममा हुने समस्या टरेर गएको बताएका छन् । उक्त निमार्ण कार्य यहि अषाढ मसान्त सम्म सक्ने जिम्मा गडवालिङ्ग निमार्ण कम्पनीले लिएको छ् ।

हिलाम्यम हुने बस्तीको सडक निमार्ण हुने थाले संगै हिलोमा हिडने बाध्यता अब हटेको स्थानियबासी जसु सुनारले बताएका छन् । ‘अब हामी पनि सडक सञ्जाल संग जोडिने भएका छौं’ स्थानियबासी जसु सुनारले भने । उनले बस्तीमा पक्की सडक योजना ल्याउन पहल गर्ने वडाध्यक्ष ओंम बस्नेतलाई धन्यबाद दिदै आगामी दिनहरुमा पनि यसरी जनतामा समर्पित कार्य गर्न वडाध्यक्ष बस्नेतलाई अनुरोध गरेका छन् । पककी सडक जसु सुनारको घर देखि रमेश भण्डारीको जग्गा सम्म निमार्ण गर्ने तयारीमा गडवालिङ्ग निमार्ण कम्पनी लागेको छ् । सडक निमार्ण भए संगै कालागड बस्तीको झण्डै ४ सय बढी घरधुरी लाभान्भित हुने भएको स्थानियबासी पदम बहादुर सुनारले बताएका छन् ।

बस्ती बसेपछि पहिलो पटक उक्त कच्ची सडकमा पक्की सडक निमार्ण हुन थाले संगै स्थानियबासीहरु खुशी प्रकट गरेका छन् । पक्की सडक नभएको कारण वर्षायाममा हिडडुल गर्न, कुटानी पिसानी, बिद्यार्थीहरुलाई बिद्यालय जान लगाएत थुप्रै समस्या स्थानियहरु झेल्दै आएका थिए । ‘अब हाम्रो बस्ती पनि सडक सञ्जालमा जोडिने भयो’ पदम बहादुर सुनारले भने– ‘संघिय योजनालाई बस्ती सम्म पुर्‍याउन अहम भुमिका खेल्ने वडाध्यक्ष ओंम बस्नेतज्युलाई धन्यबाद ।’ यस्तै वडाध्यक्ष ओंम बस्नेतको पहलमा राष्ट्रिय योजना आयोगको समपुरक बजेट ल्याएर वडामा रहेको हेल्थपोष्ट (एनटिसि टावर) देखी रेश्मीटोल, कमलशा आधारभुत बिद्यालय हुदै सृजना सुनारको घर सम्म १६ सय मिटर पक्की सडक निमार्ण कार्य तिब्र गतीमा सञ्चालन भईरको वडा कार्यालयले जानकारी दिएको छ् । उक्त निमार्ण कार्यको जिम्मा जय गणमेश्वर बिल्ड्रर्स निमार्ण कम्पनीले लिएको बताईएको छ् । दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले आफुले निर्वाचनको बेला जनता माँझ गरेको बाँचा पुरा गर्दै आएको बताएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>