आफन्त नेपालको आयोजनामा बिद्यार्थिहरुलाई सचेतना अभिबृद्धि कार्यक्रम आईतबार सम्पन्न गरिएको छ । गोदावरी नगरपालिकाको वडा नं. १२ मा रहेको श्री दुर्गा माध्यमिक बिद्यालय कोल्मुडामा कक्षा ९ र १० मा अध्ययनरत किशोर किशोरी बिद्यार्थिहरुलाई ‘मानव बेचबिखन र बाल श्रमशोषण बिरुद्ध रिपोर्टिगं केसहरुको लागी “सचेतना अभिबृद्धि कार्यक्रम” गरिएको हो ।
किशोर–किशोरी विद्यार्थीहरूलाई मानव बेचबिखन, ओसारपसार र बाल श्रम शोषण लगायतका विषयवस्तुहरूमा सचेत गराई बालश्रम तथा बेचबिखनको जोखिमबाट जोगाउने तथा विद्यार्थीहरूलाई मानव बेचबिखन, ओसारपसार र बाल श्रम शोषणका रिपोर्टिङ संयन्त्र र तत सम्बन्धि संस्थाहरु बारे जानकारी दिने उद्धेश्यले सचेतना अभिबृद्धि कार्यक्रम गरीएको आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले बताए ।
कार्यक्रममा बालश्रम, बालश्रमशोषण, स्थानागमन, बालश्रम र स्थानागमनको अन्तर सम्वन्ध, मानव बेचबिखन र ओसारपसार, मानव बेचबिखनका स्वरुप, मानव बेचबिखनका उद्धेश्य, मानव बेचबिखनका कारणहरु, मानव बेचबिखन तथा ओसारपसार बाट जोगिने उपायहरु, मानव बेचबिखन बिरुद्धका अपराध र सजायको ब्यवस्था, मानव बेचबिखनका परम्परागत प्रबृति र नयाँ प्रबृतिहरु, मानव बेचबिखन कसरी हुन्छ, बालश्रम र मानव बेचबिखनको जोखिम भएमा, जोखिममा परेमा रिपोर्टिंग गर्ने सयन्त्र र ततसम्वन्धी संस्थाहरुको बारेमा सचेतना अभिबृद्धि गरिएको सहजकर्ता मोहन भण्डारीले बताए ।
श्री दुर्गा माध्यमिक विद्यालय कोल्मुडामा अध्ययनरत ४५ जना बिद्यार्थिहरुको सहभागिता रहेका कार्यक्रममा आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपाली र सामाजिक कार्यकर्ता मोहन भण्डारीले सहजीकरण गरेका थिए ।
युनिसेफ नेपाल को आर्थिक सहयोग तथा एटविन संगको सहकार्यमा आफन्त नेपालले सञ्चालन गरिरहेको बाल श्रम शोषण रोकथामः स्थानागमन तथा मानव बेचबिखन विरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण परियोजना अन्तरगत कार्यक्रम आयोजना गरिएको हो ।
आफन्त नेपालले बालश्रम शोषण रोकथामः स्थानागमन तथा मानव बेचबिखन विरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण परियोजना भिमदत्त नगरपालिका, कृष्णपुर नगरपालिका र गोदावरी नगरपालिकामा सञ्चालन गरिरहेको कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले बताए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया