Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० माघ ०८ गते सोमबार

महिला तथा मानव अधिकारकर्मी शाही सम्मानित

महिला तथा मानव अधिकारकर्मी एवं सामाजिक क्षेत्रमा कृयाशिल महिला उर्मीला शाही सम्मानित भएकि छिन । आईतबार भिमदत्त नगरपालिका को ४६ औ बर्ष तथा ५ औ स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमका माझ जयपृथ्वी बहादुर सिंह मानब अधिकार पुरुस्कारबाट अधिकारकर्मी शाही सम्मानीत भएकी हुन ।

विगत १२ बर्ष देखि साथि संस्थामा कार्यरत अधिकारकर्मी शाहीलाई मानव अधिकारकाे क्षेत्रमा उल्लेखनीय काम गरेबाफत दाेसल्ला र प्रमाण पत्रले सम्मानित गरिएको भिमदत्त नगरपालिकाले जनाएकाे छ ।

नगरपालिकाले हरेक बर्ष आफ्नो स्थापना दिवसकाे अवसरमा विभिन्न विधामा उल्लेखनीय काम गर्नेलाई सम्मान गर्ने याेजना अनुसार थुप्रै विधा मध्येकाे एक विधा जयपृथ्वी बहादुर सिंह मानव अधिकार पुरूस्कार पनि रहेकाे र साेहि अनुरूप विशेष मुल्यांकनका साथ मानव अधिकारकर्मी शाहिलाई उक्त पुरूस्कारबाट सम्मानित गरिएकाे नगरपालिकाले जनाएकाे हाे ।

अहिले शाहि महेन्द्रनगरमा रहेकाे साथि संस्थाकाे कञ्चनपुर जिल्ला संयाेजककाे रूपमा काम गर्दै आईरहेकि छिन् । यसरी आफ्नो कामकाे उचित मुल्यांकन गरी सम्मान हुन पाउँद खुसि लागेकाे भन्दै आयाेजक भिमदत्त नगरपालिकालाई आभार समेत व्यक्त गरेकि छिन् ।

उनले भनिन् “भिमदत्त नगरपालिकाले मेराे कामकाे मुल्यांकन गरेर सम्मानित गरेकाेमा हार्दिक आभार दिन चाहान्छु, आगामी दिनमा समेत थप जिम्मेवार भएर काम गर्दै जाने प्रण समेत गर्दछु ।”

उहाँले अगाडि भने `यो पुरुस्कार म कार्यरत साथि संस्था प्रति समर्पण गर्दै पुरुस्कारले मलाइ हिन्सा प्रभावित महिला तथा बालबालिकाहरुको सेवामा थप उर्जाशिल भएर लाग्न प्रेरणा मिलेको बताए ।”

यसरी लामाे समय सामाजिक क्षेत्र देखिन महिला तथा मानव अधिकारकाे क्षेत्रमा दिन रात लागेर सम्मानित बन्न पाउँद निकै हर्षित भएकाे सुनाउदै सके जति सेवा अनाथ बालबालिका र अन्य क्षेत्रमा समेत आगामी दिनमा काम गर्ने याेजना रहेकाे बताउनु भयाे ।

यस्तै नगरपालिकाले आफ्नो स्थापना दिवसकाे अवसरमा विभिन्न विधामा उल्लेखनीय काम गरेवाफत थुप्रैलाई सम्माानित गरेकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>